अष्ट्रेलियाको सिड्नी शहरमा गत शुक्रबार नेपाली फेसन डिजाइनर उत्तम बनेपालीको डिजाइनमा नेपाली मोडलहरूले ¥याम्प नापेका छन् ।

अढाई दशक लामो फेसन डिजाइनिङ करियरमा उत्तमको डिजाइनमा पहिलो पटक नेपालबाहिर फेसन शो भएको हो । ‘योर स्टाइल फेसन नाइट २०१९’ नामक फेसन शोमा रेट्रो, ट्रेडिसनल, क्याजुयल, लेहेङ्गा, पार्टीवेयरलगायतका ६ वटा सिक्वेन्समा १९ जना पुरुष तथा महिला मोडलहरूले ¥याम्पवाक गरेका थिए भने मोडल तथा मिस नेपाल इन्टरनेसनल २०१७ नीति शाह सोस्टपरको रूपमा र्याम्पमा उत्रिइन् । उनीसँगै फेसन डिजाइनर बनेपालीले पनि ¥याम्पमा देखा परे ।

इम्पायर एजुकेसन र इजी होमको प्रस्तुति र अष्ट्रेलियाको प्रदीप कडेल, स्वतन्त्र प्रताप शाह र योर स्टाइल अष्ट्रेलियाले आयोजना गरेको फेसन शोको इभेन्ट म्यानेज्मेन्ट नमित चन्द ठकुरी, कोरियोग्राफी निराजन लुइँटेल र कार्यक्रम सञ्चालन उषाकिरण बारियाले गरेका थिए ।