अभिनेता निश्चल बस्नेत र अभिनेत्री स्वस्तिमा खड्का श्रीमान्—श्रीमती हुन् । उनीहरूले फिल्म २ रुपैयाँको ‘कुटुमा कुटु’ र अर्को गीत ‘नाच फिरिरी’ मा सँगै नाचेका निश्चल स्वस्तिमा जोडी अब फिल्म निश्चल घामट शेरेमा पनि सँगै काम गर्दैछन् ।

स्वस्तिमा र निश्चलको माया सुटिङमा झनै बढेको देखिन्छ । उनीहरूले सुटिङस्थलमै माया प्रदर्शन गरेका तस्बिरहरू सार्वजनिक भइरहेका छन् । वास्तविक जोडीले नै फिल्ममा काम गरेपछि उनीहरूको चर्चा छ फिल्म क्षेत्रमा ।