गतवर्ष माघ २५ मा रिलिज हुने भनेर घोषणा गरिएको र पछि रिलिज स्थगित गरिएको ‘न यता, न उता’ ले नयाँ रिलिज मिति घोषणा गरेको छ ।
फिल्ममा समाविष्ट नयाँ गीत रिलिज गर्दै उसले आफ्नो नयाँ रिलिज मिति तोकेको हो । सिनेमा अब साउन १७ गते रिलिज हुने भएको छ । रिलिज मितिसँगै निर्माणपक्षले ‘न यता, न उता’ बोलको शीर्ष गीत सार्वजनिक गरेको छ । गीतमा सुरजविक्रम थापा बुलेट फ्लोको कम्पोज तथा शब्द, सङ्गीत रहेको गीतमा उनलाई एक्स प्रिती कौरले स्वरमा साथ दिएकी छन् ।
सार्वजनिक गीतको भिडियोलाई शिशिर घर्तीले कोरियोग्राफी गरेका हुन् । ‘न यता, न उता’ मा छुल्ठिम गुरुङ, बुद्धि तामाङ, रविन्द्र झा, समिरमणि दीक्षित, सिल्सा जिरेल, राजाराम पौडेल, कमलमणि नेपाल, जीवन भट्टराई, किरण राई, नमिता घिसिङ, अनु दाहाल, लुनिभा तुलाधार, अन्ना देउजा, सान्त्वना भट्टराई, भीमा मैनाली, राजन खतिवडा, सागर ढकाल, पवन ढकाल, विशारद बस्नेत, राजन मुकारुङ र जयनन्द लामाको पनि अभिनय रहेको छ ।
सिनेमालाई विशारद बस्नेत र मिराज रोशले मिलेर निर्देशन गरेका हुन् । ‘न यता, न उता’ को कथा तथा पटकथा मिराज रोशले तयार पारेका हुन् भने सिनेमाको संवाद अभिमन्यु निरबीले लेखेका हुन् ।