धरान । आउँदो जेठ २५ गते शनिबार धरानको पब्लिक स्कुलको मैदानमा हुने ‘सात्विक मनोरञ्जन धमाका’ कन्सर्टको टिकट अनलाइनमार्फत किन्दा छुट पाइने भएको छ ।
र्यापर भिटेन (समिर घिसिङ) र गायिका मेलिना राईको प्रस्तुति रहने कन्सर्टको टिकट ई–सेवा र फोन–पेबाट बुकिङ गर्दा एउटा टिकटमा ५० रुपैयाँ छुटको व्यवस्था गरिएको आयोजक सिल्भर इन्टरटेनमेन्टले जनाएको छ । अनलाइन बुकिङले बजार लिइरहेकाले यसरी पहिलोपल्ट धरानमा छुटसहित अनलाइन टिकट बुकिङको व्यवस्था गरिएको सिल्भर इन्टरटेनमेन्टका निर्देशक सौरभ श्रेष्ठले बताए ।

त्यस्तै कार्यक्रमको मुख्य प्रायोजक रहेको सात्विक फुड्स प्रालि, धरानद्वारा उत्पादित २ सय रुपैयाँ बराबरको कुकिज किन्दासमेत सात्विक मनोरञ्जन धमाकाको एउटा टिकट सित्तैमा उपहारमा राखिएको छ ।