इनरुवा । सुनसरीको इनरुवामा सम्पन्न रात्रिकालीन टि टेन क्रिकेट प्रतियोगिताको उपाधि भारतको पटनाले जितेको छ ।
इनरुवा रङ्गशालामा बुधवार राति सम्पन्न फाइनल खेलमा पटनाले भारतकै अर्को टोली मुजफरपुरलाई पराजित गरेको हो । फाइनल खेलमा पटनाले टस जितेर पहिलो ब्याटिङ रोजेको थियो । निर्धारित दश ओभरको खेलमा पटनाले ६ विकेटको क्षतिमा १ सय १९ बनाएको थियो । उसका लागि सतिस कुमारले १२ बलमा ३४ रन जोडे भने अर्का ब्याट्सम्यान मनिष गिरीले १७ बलको सामना गर्र्दै ३३ रनको पारी खेले । मुजफरपुरका लागि पप्पुले २ विकेट लिएको खेलमा तुषार, मयङ्क र सकिबुलले एक–एक विकेट लिए ।
१ सय २० रनको लक्ष पछ्याउँदै उपाधि जित्ने उद्देश्यसाथ जवाफी ब्याटिङका लागि मैदान उत्रिएको मुजफरपुरले ९ विकेटको क्षतिमा मात्र ८२ रन जोड्न सक्यो । पूरै दश ओभर खेलेको मुफजरपुरले लक्ष भेट्टाउन सकेन र ३७ रनको पराजयसँगै उपाधि पटनालाई सुम्पन बाध्य बन्यो । विपक्षीको ब्याटिङ धरासायी बनाउने क्रममा पटनाका अनिमेश शर्मा एक्लैले ५ विकेट लिए । २ ओभर बलिङ गरेका निमेषले एक ओभर मेडन राखेका थिए भने मात्र ३ रन दिएका थिए । प्रतियोगिताको म्यान अफ द म्याच शर्मा घोषित भए ।
उपाधि जितेको पटनाले शिल्डसहित नगद एक लाख पचार हजार प्राप्त ग¥यो भने उपविजेता बनेको मुजफरपुरले एक लाखमा चित्त बुझायो । प्रतियोगिताको पुरस्कार इनरुवा नगरपालिकाका प्रमुख राजन मेहता र आयोजक सुनसरी युथ क्लबका अध्यक्ष अफजल हुसेनले वितरण गरेका थिए ।