इटहरी / ओरियन्स ग्लोबल नेटवर्क मार्केटिङ नामक कम्पनीको नाममा अबैधानिक धन्दा चलाउँने प्रेम खतिवडा पक्राउ परेका छन । इटहरी आसपासको क्षेत्रमा अवैधानिक रुपमा कार्यालय सञ्चालन गरी करोडौँ रुपैँया बढीको ठगी कारोबार गर्दै आएको भन्दै खतिवडालाई प्रहरीले पक्राउ गरेको हो ।
इटहरी ५ बालग्राम बस्ने प्रेम खतिवडालाई प्रहरीले लामो समय देखि खोजीको सुचीमा राखेको थियो । भारतको चेन्नाईमा मुख्य कार्यालय रहेको उक्त कम्पनीले नेपालमा अवैधानिक रुपमा नेटवर्क संञ्चालन गर्दै आएको थियो ।
स्वास्थ्यसम्बन्धी उत्पादन भन्दै ठगी गरेर सर्वसाधारणसँग लाखौँ रुपैया लिने गरेको र पहिला नै मुद्धा चलेको तर फरार रहेको खतिवडालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यलय इटहरीका इन्स्पेक्टर बुद्धि चौलागाईले जानकारी दिए ।
नेटवर्किङको माध्यमबाट करोडौँ रुपैँया भन्दा बढी ठगी गर्ने गरेका थिए । आफुहरुलाई पनि ठगी गरेको भन्दै इटहरी र झापाका ५ जनाको उजुरी परेको प्रहरीले जनाएको छ ।
यस्तै खतिवडासगै सुमन थापा र रोशन भट्टराईको नाममा समेत उजुरी परेको छ । उनीहरुको खोजी कार्य भइरहेको चौलागाईले बताए ।