इटहरी / इटहरी उपमहानगरपालिकाको प्रमुख द्धारिकलाल चौधरीले उपमहानगरकै बद्नाम गरेको भन्दै पदको मर्यादा राख्न चेतावनी दिएको छ । नेपाली काङ्ग्रेस इटहरीले पत्रकार सम्मेलन गदैं इटहरीको मेयरको गरिमा नराखे कडा कदम चाल्ने चेतावनी दिएको हो ।
मेयर निरङ्कुस तिर लागेको भन्दै काङ्ग्रेसले आपत्ति जनाएको हो । अंगभगं गराउनेसम्मको धम्की दिएको भन्दै यो शोभनिय नभएको नेपाली काङ्ग्रेस इटहरीका सभापति हेमकर्ण पौडेलले बताए ।
‘शासक हुँ’ भन्दै अदालत र प्रहरीसम्म मान्दिन भन्दै अलोकतान्त्रिक गतिविधि नगर्ने उनले सुझाएका छन् । क्यामरा बन्द गरेर कर्मचारीहरुलाई कुटपिट गर्ने, पत्रकारहरुलाई लोपार्ने, धम्की दिने काम तत्काल बन्द गर्न उनले माग गरे ।
मेयरले गरेको भ्रष्टाचार विरोधी काममा भने नेपाली काङ्ग्रेसको सहयोग रहेन उनले बताए । सभापति पौडेलले खानेपानीको उपभोक्ता समितिको छानविन तत्काल गर्न समेत माग गरेका छन् ।