धरान / भोजपुर सुनसरी सेवा समाजको आज धरानमा ५ औं बार्षिक साधरणसभा हुदै थियो । भोजपुरेहरुको निकै ठूलो जमघट थियो । प्रमुख अतिथि प्रदेश नं. १ का सभामुख प्रदिपकुमार भण्डारी थिए । उनको पनि पुखौली थलो भोजपुर नै रहेछ । सम्बोधनको पहिलो चरणमै उनले भने–‘राष्ट्रपति जन्माउने भोजपुर, प्रदेश १ को मुख्यमन्त्री जन्माउने भोजपुर, कुसल प्रशासक जन्माउने भोजपुर, राम्रो न्यायधिश जन्माउने भोजपुर, राम्रो शैनिक , प्रहरी जन्माउने भोजपुर, राम्रा पत्रकारहरु जन्माउने भोजपुर । त्यही भएर पनि भोजपुर पवित्र छ ।’
अधिकांश अतिथि पनि मञ्जमा भोजपुरकै पानी खाएर हुर्के बढेका थिए । धरानमा भरखर आएका डिएसपी ढुन्डीराज न्यौपाने पनि भोजपुरकै पानी खाएर हुर्किएका व्यक्ति भनेर सभामुख भण्डारीले उपस्थितलाई परिचय गराए ।
भोजपुरले जन्नमाएका व्यक्तिहरु मुलुकको उच्च ओहोदामा रहेर देशको सेवा गरिरहेकाले भोजपुर यस अर्थमा पनि महत्वपूर्ण जिल्ला भएको सभामुख भण्डारीले बताए । पूर्खाैली थातथलोको माया र सद्भावका लागि केही गरौं भन्ने संकल्पसहित सुनसरी–भोजपुर सेवा समाज क्रियाशिल भएकोमा सभामुख भण्डारीले समाजको प्रसंशा पनि गरे ।
समाजकी अध्यक्ष निर्मला राईको अध्यक्षतामा भएको साधारणसभाको अवसरमा धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका १३ जना चिकित्सकहरुलाई सम्मान समेत गरेको छ । समाजको नेतृत्वमा भोजपुर जिल्ला अस्पतालको सहयोगमा भएको स्वास्थ्य शिविरमा योदन दिएको भन्दैं डा. मनोजकुमार साह, डा. समिर चौधरी, डा. विदुर भण्डारी, डा. अमरेशकुमार मेहता, डा. मोहमद अमार मासिर, डा. मुकेस झा, डा. श्यामबाबु साहलाई सम्मान गरेको छ ।
यस्तै नर्सहरु विष्णुमाया तामाङ, महिमा तुलाधर, कला थापा, पुनम सुब्वा, दिलु तामाङ, सुजता राईलाईसमेत सम्मान गरिएको छ । यस्तै औषधी सहयोग गर्ने नन्दकुमार राई, अजित ठाकुर, यम बस्नेत, प्रेम चौधरीलाई पनि सम्मान गरिएको छ ।