अभिनेता पल शाहले केही फिल्महरूका अभिनय गरे तर उनका फिल्मले उनलाई सफलता दिन सकेन ।

केही समयअघि पल अभिनित फिल्म ‘वीर विक्रम २’ प्रदर्शन भए पनि पलको चर्चा भएन । यसअघिका उनका अरु फिल्मको हालत पनि उस्तै रह्यो । तर उनी म्युजिक भिडियोमा भने व्यस्त छन् ।

अहिले पलले नयाँ फिल्म ‘हृदय भरी’ को छायाङ्कन गरिरहेका छन् । तर, केही दिनको लागि सुटिङमा ब्रेक हुँदा उनी म्युजिक भिडियो गर्नतिर लाग्छन् । दैनिक उनी फरक–फरक भूमिकामा आफूलाई भिडियोमा प्रस्तुत गर्न खोजिरहेका हुन्छन् । उनले अभिनय गरेका भिडियोको सङ्ख्या सयौं पुगिसक्यो ।