नेपाल चलचित्र कलाकार सङ्घको अध्यक्षमा रवीन्द्र खड्का विजय भएको छ ।

शनिबार सम्पन्न भएको निर्वाचनमा उनले २१८ मत प्राप्त गर्दै विजयी भएको हो । उनका प्रतिस्पर्धी सरिता लामिछानेले १६१ मत प्राप्त भएको थियो ।

यस्तै उपाध्यक्षद्वयमा रजिता उप्रेती र सानुकुमार ताम्राकार, महासचिवमा चेतबहादुर सिंह, सचिवमा पनाह अधिकारी, सहकोषाध्यक्षमा पवित्रा आचार्य विजयी भएको छ ।

कोषाध्यक्षमा सुनिल कटवाल यसअघि नै निर्विरोध निर्वाचित भइसकेको थियो । सङ्घको १७आैं साधारणसभाले नयाँ नेतृत्व चयन गरेको हो ।