भारतीय गायिका नेहा कक्करले नेपालमा प्रस्तुति दिएको पहिलो कार्यक्रममा तनाव भएको छ ।
काठमाडौंको ठमेलस्थित लर्ड अफ द ड्रिङ्क्समा शनिबार राति भएको ‘नेहा कक्कर लाइभ शो’ मा तनाव सिर्जना भएको हो । कार्यक्रममा सिट क्षमताभन्दा बढी मान्छे आएपछि समस्या उत्पन्न भएको थियो ।
आयोजक प्यारामाउन्ट इण्टरटेनमेण्ट प्रालिले दर्शकको सिट क्षमताभन्दा बढी टिकट बेचेको भन्दै दर्शक बिच्किएका थिए । कार्यक्रमस्थलमा तनाव सिर्जना भएपछि प्रहरीले हस्तक्षेप गरेको थियो ।
कार्यक्रमस्थलबाट आयोजक दीपक घिमिरे र लर्ड क्लबका सञ्चालक भुपेन गिरीलाई प्रहरीले पक्राउ गरेको हो । यस्तै अर्का सञ्चालकलाई पनि प्रहरीले पक्राउ गरेको थियो ।

यसबारेमा थप अनुसन्धान भइरहेको छ । पहिलोपटक नेहा कक्कर नेपालमा प्रस्तुति दिन आउने भएपछि टिकटको अग्रिम बुकिङ नै आक्रामक बनेको थियो । पक्राउ परेकाहरूलाई महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेमा राखिएको छ ।