धरान / पछिल्लो समय विभिन्न जिल्लामा फस्टाएको होम स्टेको प्रर्वद्धन गर्न तथा प्रचार गर्न धनकुटाको नाम्जेमा २ दिने होम स्टे महोत्सव तथा कार्यशाला गोष्ठी शुरु गरिएको छ । संस्कृति पर्यटन तथा नागरिक उद्यन मन्त्रालयको तारागाउँ विकास समितिको आयेजनामा शुरु गरिएको कार्यशालाको उद्रघाटन संघीय सरकारका कानुनमन्त्री भानुभक्त ढकालले गरेका छन् ।
विश्वको अग्लो शिखर सगरमाथा, होचो स्थान केचनाकवच, विभिन्न नदि नाला भएको प्रदेश १ उत्कृष्ट गन्तव्य भएको कानुन मन्त्री ढकालले बताए । प्राकृतिक सौन्दर्य र संस्कृतिको धनी प्रदेश १ मा पर्यटकहरुलाई धेरै दिन राख्न होम स्टेको महत्वपूर्ण भूमिका हुने भएकाले यसको प्रर्वधन र विकास गर्नु जरुरी भएको बताएका छन् ।
महोत्सव उद्घाटनको अवसरमा पूर्व पर्यटन मन्त्री कृपाशुर शेर्पाले प्रकृति र संस्कृति विश्वमा कहि नभएको नेपालमै भएकाले त्यसलाई जोगाई राख्न आग्रह गरेका छन् । होम स्टेलाई आग्यानिक र स्थानीय उत्पादनको भोजन ग्रहण गराउने स्थल बनाउनु पर्ने उनको भनाई थियो ।
देश भरको ४३ वटा होम स्टे संचालकहरुको सहभागीता रहेको कार्यक्रममा नेपालको उत्कृष्ट होम स्टे नवलपरासीस्थित पिप्रहर सामुदायिक होम स्टेलाई पुरस्कृतसमेत गरेको छ । उत्कृष्ट सेवा वापत नगद १ लाखले पुरस्कृति गरिएको हो ।
१ नम्बर प्रदेशस्तरीय भएपनि देशभरका होमस्टे सञ्चालकहरु सहभागी हुने आयोजक समितिका अध्यक्ष एवं कार्यकारी प्रमुख नारद लुँइटेलले जानकारी दिए ।
महोत्स प्रदेृश १ का १४ जिल्लामा रहेका ११ वटा होम स्टेहरुलदे प्रवद्धनका लागि स्टल राखेका छन् । होम स्टे सञ्चालकहरुले आफ्नो होम स्टेको स्टलमा जानकारीमुलक ब्रोसर, त्यहाँको उत्पादनहरु पनि राखेको आयोजक तारागाउँ विकास समितिका अध्यक्ष नारद लुइटेलले जानकारी दिए । आइतबार होम स्टेबारे पर्यटन बोर्डका पूर्व सिइओ प्रचण्डमान श्रेष्ठ र वर्तमान महानिर्देशक डण्डुराज घिमिरेले कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको होमस्टे एसोसिएसनका प्रदेश अध्यक्ष विनोद सुब्वा गुरुङले जानकारी दिए ।