विज्ञापन
आजै सम्पर्क गर्नुहोस् ०२५-५३८४१४
थप जान्नुहोस् →
Blast Khabar
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
थप विभाग
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
इपेपर विज्ञापन
Blast Khabar
सर्वाधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • समाचार
  • तीन महिलाको हत्या प्रकरणका दोषी अझै पत्ता लागेन

तीन महिलाको हत्या प्रकरणका दोषी अझै पत्ता लागेन

alt
  • असार ५, २०७६
  • रासस

केदार मगर तीन महिलाको शृङ्खलाबद्ध हत्या भएको लामो समय बित्दासमेत खोटाङमा हत्यारा पत्ता लाग्न सकेको छैन । घटनालगत्तै जिल्ला प्रहरी कार्यालय खोटाङ तथा काठमाडौँबाट नेपाल प्रहरीको विशेष टोली आएर अनुसन्धान गरे पनि दोषी पत्ता लगाउन नसकेको हो ।

विसं २०७३ माघ २६ गते बुधबार बिहान खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चेकी १७ वर्षीया रीता तामाङ मृत फेला परेकी थिइन् भने २०७४ जेठ १६ गते हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानकी ५७ वर्षीया ज्ञानीमाया विश्वकर्मा र २०७४ साउन ४ गते जन्तेढुङ्गा गाउँपालिका–६ दिप्लुङकी ३७ वर्षीया देवी विश्कर्मालाई हत्या गरिएको अवस्थामा फेला पारिएको थियो । घटनामा संलग्न दोषी पहिचानका लागि अनुसन्धान जारी रहे पनि दोषी पत्ता नलाग्दा प्रहरीमाथि नै प्रश्न उठ्न थालेको छ ।

सिम्पानी बजारका होटल व्यवसायी शिव खड्काको होटलमा काम गर्दै आएकी रीताको शव कुसेऔँशी जङ्गलको बाटोभन्दा करीब ४० मिटर तल भिरमा भेटिएको थियो । घटनास्थलमा झारपात मडारिएको, शव घस्रिएको पाइएकाले युवतीलाई सामूहिक बलात्कारपछि हत्या गरिएको आशङ्का गरिएको छ । यस्तै, स्याउला काटेर घर फर्कनेक्रममा इलाका प्रहरी कार्यालय हलेसीभन्दा करीब पाँच मिनेटको पैदल दूरीमा ज्ञानीमायाको हत्या भएको थियो । माइतीघर जन्तेढुङ्गा गाउँपालिका–४ डम्वर्खुशिवालयबाट घर फर्कने क्रममा सम्पर्कविहीन बनेको दोस्रो दिन फेला परेकी देवीको शव सडकभन्दा करीब ५०० मिटर तल कम्मरमुनि कपडा खोलिएको, टाउकोबाट रगत बगिरहेको अवस्थामा भेटिएको थियो ।

तीन महिलाको शृङ्खलाबद्ध हत्या भएपछि जिल्लास्थित महिला अधिकारकर्मीले तत्काल दोषी पत्ता लगाएर हत्यारालाई कानूनी कठघरामा ल्याउन प्रहरीलाई दवाब दिइरहेका छन् । जिल्लास्थित क्रियाशील महिला अधिकारकर्मीले पटक–पटक जिल्ला प्रहरी कार्यालय खोटाङमा पुगेर घटनाको विषयमा जानकारी मागिरहेका छन् । शृङ्खलाबद्ध हत्या प्रकरणका दोषी पत्ता नलागेको बारेमा गत भदौ १ गते गृहमन्त्री रामबहादुर थापालाई भेटेर जानकारीसमेत गराइएको थियो । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष देवान किराती ‘पृथ्वी’को नेतृत्वमा गएको टोलीले गृहमन्त्री थापालाई उहाँको निवासमा भेटेर तत्काल हत्यारा पत्ता लगाएर कारवाही गर्न माग गरेको थियो ।

खोटाङे नेताहरुको टोलीसँगको भेटमा गृहमन्त्री थापाले आफू उक्त घटनाप्रति गम्भीर रहेको बताएका थिए । उनले चाँडै नै परिणाम आउने गरी आफूले कारवाहीको प्रक्रिया अगाडि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिइसकेको बताए पनि अहिलेसम्म दोषी पत्ता लाग्न सकेको छैन । यसबीचमा जिल्ला प्रहरी कार्यालय खोटाङमा चार प्रहरी प्रमुख फेरिए । प्रहरी नायप उपरीक्षक (प्रनाउ) नवीनकिशोर प्रधान, लोकदर्शन थापा र राजकुमार केसी सरुवा भएर अन्यत्र गइसकेका छन् भने अहिले प्रनाउ वामदेव गौतम आएर प्रमुखको जिम्मेवारी सम्हालेका छन् ।

तीन महिला हत्या प्रकरणका बारेमा आफू प्रहरी प्रमुख भएर खोटाङ आउनासाथ अनुसन्धान थालेको प्रनाउ गौतमले बताए । “अहिले फाइल अध्ययन गरेर घटनाको बारेमा बुझ्ने काम गरिरहेको छु”, उनले भने, “तत्काल दोषी पत्ता नलागे पनि उम्कनेवाला छैन, पुरानो घटना भएकाले केही समय लाग्न सक्छ ।” जिल्लामा सरुवा भएर आउने सबै प्रहरी प्रमुखलाई घटनाबारे जानकारी गराइएको महिला अधिकारकर्मी एवं पूर्वसभासद् दुर्गाजयन्ती राईले बताए । “हामीले सबै सुरक्षा प्रमुखलाई घटनाका बारेमा जानकारी गराएका छौँ”, उनले भने, “अहिलेसम्म दोषी पत्ता नलाग्नुमा प्रहरीमाथि नै आशङ्का गर्नुपर्ने अवस्था आएको छ ।” घटनाका दोषी पत्ता नलागेपछि मृतकका आफन्त प्रहरीप्रति आक्रोशित बनेका छन् । उनीहरुले प्रहरीमाथि नै अनुसन्धान थाल्न माग गर्दै आएका छन् ।

सम्बन्धित समाचार
विराटनगरमा मनाइयो संविधान दिवस

विराटनगर । कोशी प्रदेश सरकारले शनिबार विराटनगरमा प्रभातफेरीसहित विभिन्न कार ...

१४५४ किलो गाँजासहित एक पक्राउ

विजयपुर । सुनसरीको इनरुवा नगरपालिका–१० जाल्पापुर चम्राही टोलबाट प्रहरीले ठू ...

संस्कृति, प्रकृति र आत्मगौरवको सङ्गम बन्दै आठपहरिया घरबास

धनकुटा । पूर्वी पहाडको शान्त वातावरण, हरियालीले ढाकिएका डाँडाकाँडा र मौलिक ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
भर्खरै
लोकप्रिय
विराटनगरमा मनाइयो संविधान दिवस
असोज ३, २०८३
१४५४ किलो गाँजासहित एक पक्राउ
असोज ३, २०८३
संस्कृति, प्रकृति र आत्मगौरवको सङ्गम बन्दै आठपहरिया घरबास
असोज २, २०८३
बढ्दो तापक्रमसँगै हिमालय क्षेत्रमा भौगर्भिक विपद्को जोखिम
असोज २, २०८३
आम्दानीको स्रोत बन्दै भटमास खेती
असोज २, २०८३
मेघा हिमालयन कलेजद्वारा कक्षा ११ का विद्यार्थीलाई स्वागत
असोज २, २०८३
भोटेकोसी बाढीः अडिट–३ टनेलमा ६ शव फेला
असोज २, २०८३
चार फरार प्रतिवादी पक्राउ
असोज २, २०८३
हुण्डी कारोबारमा संलग्न दुई जना पक्राउ
असोज २, २०८३
संविधानको ११ वर्षः प्रतिनिधित्व बढ्यो, अधिकार कार्यान्वयनमा चुनौती
असोज २, २०८३
धरानका विद्यालयमा नीति विपरीत शिक्षक दरबन्दी मिलान
असोज २, २०८३
छापाका चुनौतीः राज्यको दायित्व र सम्भावनाको खोजी
असोज २, २०८३
३२ वर्षका ती कठिन यात्राः अब पत्रिका बचाउन गाह्रो
असोज २, २०८३
आजको राशिफलः २०८३ साल असोज २ गते शुक्रबार
असोज २, २०८३
जनकल्याण माविमा महिला हिंसा विरुद्ध आत्मरक्षात्मक प्रशिक्षण सम्पन्न
असोज १, २०८३
विराटनगरमा मनाइयो संविधान दिवस
असोज ३, २०८३
१४५४ किलो गाँजासहित एक पक्राउ
असोज ३, २०८३
संस्कृति, प्रकृति र आत्मगौरवको सङ्गम बन्दै आठपहरिया घरबास
असोज २, २०८३
बढ्दो तापक्रमसँगै हिमालय क्षेत्रमा भौगर्भिक विपद्को जोखिम
असोज २, २०८३
आम्दानीको स्रोत बन्दै भटमास खेती
असोज २, २०८३
मेघा हिमालयन कलेजद्वारा कक्षा ११ का विद्यार्थीलाई स्वागत
असोज २, २०८३
भोटेकोसी बाढीः अडिट–३ टनेलमा ६ शव फेला
असोज २, २०८३
चार फरार प्रतिवादी पक्राउ
असोज २, २०८३
हुण्डी कारोबारमा संलग्न दुई जना पक्राउ
असोज २, २०८३
संविधानको ११ वर्षः प्रतिनिधित्व बढ्यो, अधिकार कार्यान्वयनमा चुनौती
असोज २, २०८३
धरानका विद्यालयमा नीति विपरीत शिक्षक दरबन्दी मिलान
असोज २, २०८३
छापाका चुनौतीः राज्यको दायित्व र सम्भावनाको खोजी
असोज २, २०८३
३२ वर्षका ती कठिन यात्राः अब पत्रिका बचाउन गाह्रो
असोज २, २०८३
आजको राशिफलः २०८३ साल असोज २ गते शुक्रबार
असोज २, २०८३
जनकल्याण माविमा महिला हिंसा विरुद्ध आत्मरक्षात्मक प्रशिक्षण सम्पन्न
असोज १, २०८३
भर्खरै
लोकप्रिय
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
चैत १२, २०८१
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
जेठ २८, २०८०
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
असोज ८, २०७३
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
मंसिर १०, २०८१
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
असार १८, २०८२
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
कार्तिक २५, २०८१
नमस्ते भन्ने कि नमस्कार ?
पुस ७, २०७६
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
कार्तिक ४, २०८१
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
मंसिर २५, २०७५
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
असार ६, २०८२
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
पुस २२, २०८१
टिकटकको नयाँ फिचर्स सेवा सुरु
वैशाख २२, २०८२
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
मंसिर २७, २०८१
धरान राजधानी हुने भो !
फागुन ५, २०७५
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
फागुन २९, २०८०
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
चैत १२, २०८१
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
जेठ २८, २०८०
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
असोज ८, २०७३
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
मंसिर १०, २०८१
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
असार १८, २०८२
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
कार्तिक २५, २०८१
नमस्ते भन्ने कि नमस्कार ?
पुस ७, २०७६
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
कार्तिक ४, २०८१
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
मंसिर २५, २०७५
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
असार ६, २०८२
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
पुस २२, २०८१
टिकटकको नयाँ फिचर्स सेवा सुरु
वैशाख २२, २०८२
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
मंसिर २७, २०८१
धरान राजधानी हुने भो !
फागुन ५, २०७५
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
फागुन २९, २०८०
Blast Khabar
Blast Khabar ब्लाष्ट खबर

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल तथा जीवनका विभिन्न पक्षहरू समेटेको छ।

समाचार
  • गृहपृष्ठ
  • राजनीति
  • राष्ट्रिय
  • समाचार
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • अर्थ
  • पर्यटन
थप
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • राशिफल
  • छापा संस्करण
सम्पर्क
ठेगाना धरान-८, औद्योगिक क्षेत्र, सुनसरी
फोन रिसेप्सन: ०२५-५७५४५८
समाचार: ०२५-५३८४३५
विज्ञापन: ०२५-५३८४१४
इमेल [email protected]
विज्ञापनको लागि सम्पर्क

© 2026 Blastkhabar.com — सर्वाधिकार सुरक्षित।
हाम्रोबारे सम्पर्क