Blast Khabar
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
थप विभाग
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
इपेपर विज्ञापन
Blast Khabar
सर्वाधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
गृहपृष्ठ /समाज
समाज

पाँचथरका छ बस्ती पहिरोकाे जोखिममा

र रासस असार ११, २०७६ २ मिनेट पढाइ ० प्रतिक्रिया
Facebook X WhatsApp Viber
पाँचथरका छ बस्ती पहिरोकाे जोखिममा
 
पाचँथर / निरन्तरको वर्षाका कारण पाँचथरको याङवरक गाउँपालिका–२ फलैँचाका छ बस्तीहरु पहिरोको चपेटामा परेका छन् । उच्च पहाडी क्षेत्रमा पर्ने यहाँका सेपी, चिङ्मा, वेतेनी, धिमाले, मुक्लाबु र गङ्गावा बस्तीमा मङ्गलबार रातिदेखि पहिरो जान थालेको गाउँपालिका–२ का अध्यक्ष देउकुमार योङहाङले जानकारी दिए ।
पहिरोले मुक्लाबुका पहलमान राईको घर बगाएको छ । यहाँका दर्जनौँ घरमा पहिरोबाट क्षति पुगेको छ । वडाध्यक्ष योङहाङका अनुसार मङ्गलबार रातिदेखि नै स्थानीयवासी सुरक्षित स्थानको खोजीमा निस्किएका छन् । चिङ्माका १४ घरपरिवार सुरक्षित स्थानको खोजीमा डुँडे चौर भन्ने स्थानमा पुगेको वडाध्यक्ष योङहाङले जानकारी दिए । स्थानीयवासीका गाई तथा चौँरी गोठ पहिरोले बगाएको छ । यद्यपि क्षतिको पूर्ण विवरण प्राप्त हुन नसकेको वडा सदस्य प्रेमबहादुर राईले जानकारी दिए । पहिरोका कारण यी बस्तीहरुमा सञ्चालित मेजर चिङ्मा रवि खोला लघु जलविद्युत् आयोजनामा क्षति पुगेको छ ।
आयोजना अवरुद्ध भएपछि स्थानीयवासीसँग सम्पर्क हुन नसकेको वडाध्यक्ष योङहाङले जानकारी दिए । उनका अनुसार निरन्तर वर्षा भइरहेका कारण यी छ वटै बस्तीका स्थानीय सुरक्षित स्थानका खोजीमा निस्किएका छन् । “हालसम्म करीब ३० परिवार सुरक्षित स्थानको खोजीमा निस्किएको सुनिएको छ”, योङहाङले भने “निरन्तर वर्षा भए पहिरो जानसक्ने भयले स्थानीय घरबाट निस्किएका हुन् । वर्षा रोकिएमा विस्थापित हुने थिएनन् ।” गाउँपालिकाका अध्यक्ष लेखनाथ घिमिरेले च्याङथापु तथा फलैँचा बजारमा रहेको प्रहरी चौकीबाट घटनास्थलतर्फ प्रहरी टोली गएको र टोली फर्किएपछि उक्त स्थानको वास्तविक अवस्था थाहा हुने बताए । उनले पहिरोको क्षति र भयबाट विस्थापित स्थानीयवासीको अस्थायी बसोबासका लागि राहत सामग्री सदरमुकाम फिदिमबाट मगाइएको जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक अनिलकुमार पौडेलका अनुसार च्याङथापु तथा फलैँचा बजारमा रहेको प्रहरी चौकीबाट घटनास्थलतर्फ प्रहरी टोली गएको छ । उनले पहिरोका कारण एक घर बगेको, पशुचौपाया बगाएको तथा दर्जनौँ स्थानीयवासी घर छोडेर सुरक्षित स्थानको खोजीमा लागेका छन् । घटनास्थलतर्फ गएको प्रहरी टोली घटनास्थलबाट फर्किएपछि वास्तविक अवस्था पत्ता लाग्ने पौडेलले जानकारी दिए ।
पहिराे
यो समाचार सेयर गर्नुहोस्
Facebook X WhatsApp Viber
यो पनि पढ्नुहोस्
  • पाँचथरमा पहिरो जाँदा एक घर परिवार विस्थापित
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस् Subscribe

प्रतिक्रिया ०

इमेल सार्वजनिक गरिँदैन। सम्पादकको स्वीकृतिपछि प्रतिक्रिया प्रकाशित हुन्छ। ०/१५००
अहिलेसम्म कुनै प्रतिक्रिया छैन यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

सम्बन्धित समाचार

मन्त्री पोखरेल र कार्यवाहक राजदूत बोल्डिनबीच भेट
कार्तिक १३, २०८३
धरानमा फोहोरको धुवाँले वन र बस्ती प्रभावित
कार्तिक १३, २०८३
ज्ञान, अध्ययन र सिर्जनाको त्रिवेणी ‘त्रिफला’
कार्तिक १३, २०८३
छापा संस्करण [ePaper]
  1. मन्त्री पोखरेल र कार्यवाहक राजदूत बोल्डिनबीच भेट
    कार्तिक १३, २०८३
  2. धरानमा फोहोरको धुवाँले वन र बस्ती प्रभावित
    कार्तिक १३, २०८३
  3. ज्ञान, अध्ययन र सिर्जनाको त्रिवेणी ‘त्रिफला’
    कार्तिक १३, २०८३
  4. विपद् प्रभावितलाई थप १६ लाख सहयोग
    कार्तिक १३, २०८३
  5. शनिबार अपराह्नपछि चक्रवात ‘अर्नब’ को प्रभाव कम हुने
    कार्तिक १३, २०८३
  6. निलम्बनमा एन–प्याब्सन
    कार्तिक १३, २०८३
  7. धनकुटामा मौरीपालनतर्फ बढ्दो आकर्षणः कम मिहिनेतमै लाखौँ आम्दानी
    कार्तिक १३, २०८३
  8. मधेसमा नयाँ सरकार गठन गर्न तीन दलबीच छलफल
    कार्तिक १३, २०८३
  9. भुटानमा हिमताल विस्फोट, तातोपानी कुण्ड र सडक बगायो
    कार्तिक १३, २०८३
  10. सप्तकोशीमा नयाँ पुल निर्माण गर्ने तयारी
    कार्तिक १३, २०८३
  11. इसिबी प्रमुख लेगार्डले कार्यकालअघि नै पद छाड्ने
    कार्तिक १३, २०८३
  12. चक्रवात ‘अर्नब’को प्रभावः कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको यात्रा प्रभावित
    कार्तिक १३, २०८३
  13. स्याफ्रुबेँसी–खाम्जिङ जोड्ने अस्थायी काठेपुल सञ्चालनमा
    कार्तिक १३, २०८३
  14. चक्रवात ‘अर्नब’को प्रभावः भारी वर्षा र हिमपातको चेतावनी
    कार्तिक १३, २०८३
  15. डुङ्गा दुर्घटनाका मृतकका परिवारलाई किरिया खर्च
    कार्तिक १३, २०८३
  1. कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
    चैत १२, २०८१
  2. अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
    जेठ २८, २०८०
  3. स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
    असोज ८, २०७३
  4. टिप्पणी: नेताको बोलीको बेटुङ्गो
    मंसिर १०, २०८१
  5. बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
    असार १८, २०८२
  6. हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
    कार्तिक २५, २०८१
  7. नमस्ते भन्ने कि नमस्कार ?
    पुस ७, २०७६
  8. वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
    कार्तिक ४, २०८१
  9. इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
    मंसिर २५, २०७५
  10. एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
    असार ६, २०८२
  11. ‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
    पुस २२, २०८१
  12. टिकटकको नयाँ फिचर्स सेवा सुरु
    वैशाख २२, २०८२
  13. दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
    मंसिर २७, २०८१
  14. धरान राजधानी हुने भो !
    फागुन ५, २०७५
  15. राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
    फागुन २९, २०८०
Blast Khabar
Blast Khabar ब्लाष्ट खबर

सार्वधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी

हाम्रोबारे

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल तथा जीवनका विभिन्न पक्षहरू समेटेको छ।

छापा संस्करण पढ्नुहोस्

विधाहरू

  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • राशिफल

सम्पर्क

ठेगानाधरान-८, औद्योगिक क्षेत्र, सुनसरी
फोन रिसेप्सन: ०२५-५७५४५८
समाचार: ०२५-५३८४३५
विज्ञापन: ०२५-५३८४१४
इमेल[email protected]
विज्ञापनको लागि सम्पर्क
© 2026 Blastkhabar.com — सर्वाधिकार सुरक्षित।
हाम्रोबारे सम्पर्क छापा संस्करण विज्ञापन युनिकोड