बोरिस जोनसन ब्रिटेनका नयाँ प्रधानमन्त्री हुनेछन् । उनले बुधबार नयाँ पदको जिम्मेवारी सम्हाल्ने छन् ।
ब्रेक्जिटमा युरोपियन संघसँग गरिएको सम्झौता पास गर्न नसकेपछि टेरिजा मेले केही दिन अघि राजीनामा दिएकी थिइन् । ब्रिटेनको सत्ताधारी कन्जरभेटिव पार्टीका नेताका लागि भएको चुनावमा बोरिस जोनसनको प्रतिस्पर्धा जेरेमी हन्टसँग भएको थियो ।
बोरिस जोनसन आफ्नो रमाइलो र बारम्बार विवादित घेराबन्दीमा परिरहने भएकाले पनि चर्चित छन् । टेरिजा मेको कार्यकालमा बोरिस जोनसोन विदेश मन्त्री थिए । उनले परम्परागत राजनीतिलाई चुनौती दिए ।
बोरिस जोनसोनले पत्रकार, सांसद्, मेयर र विदेश मन्त्रीदेखि प्रधानमन्त्रीसम्मको यात्रा गरे । उनी त्यस्ता व्यक्ति हुने जो ‘हुन्न’ सुन्न चाहँदैनन् ।
निजी जीवन
हालै बोरिस जोनसोन आफ्नो निजी जीवनका कारण मिडियाको हेडलाइनमा छाइरहे । गतवर्ष उनी श्रीमतीसँग छुट्टिएका थिए । राजनीतिक जीवनमा पनि उनी कम विवादित छैनन् ।
कन्जर्भेटिव पार्टीका कयौं व्यक्तिलाई लाग्छ उनी धेरै समस्याको हल निकाल्न सक्छन् ।
ब्रेक्जिट क्याम्पेइनका क्रममा उनको सभामा धेरै भीड थियो । लण्डनका मेयर भइसकेका बोरिस जोनसन आफ्नो हेयर स्टाइलका लागि चर्चित छन् । सार्वजनिक स्थानमा पनि उनी आफ्नो घुङ्ग्रिएको केशमै देखिन्छन् ।
उनी न्योयोर्कमा जन्मिएका थिए र पछि ब्रिटेन गएका थिए ।
बोरिस ब्रिटेनको प्रधानमन्त्री बन्ने महत्वकांक्षा राख्छन् भन्ने पहिलेदेखि नै अनुमान गरिएको थियो । र, उनले यो विषयलाई सत्य प्रमाणित गरिदिए ।
रमाइलो भाषणका लागि प्रख्यात
बोरिस जोनसोन आफ्नो रमाइलो भाषण कलाका लागि चिनिन्छन् । उनले ब्रिटेनको युरोपियन युनियनबाट अलग हुने (क्याम्पियन लिभ) को प्रतिनिधित्व गरेका थिए । उनी दक्षिणपन्थी झुकाव राख्ने व्यक्तिका रुपमा चिनिन्छन् ।
सन् २००४ मा उनले एक पत्रिकामा लेखेको लेखका कारण लिभरपुलका स्थानीयसँग माफी माग्नुपरेको थियो । यो लेखमा उनले इराकमा बन्धक बनाइएका ब्रिटिश नागरिक केन बिगलेको हत्याका विषयमा लिभरपुलवासीको प्रतिक्रियाको कडा आलोचना गरेका थिए ।
साइकलका पारखी
सन् २००४ मा उनलाई कन्जर्भेटिभ पार्टीबाट निकालिएको थियो । उनीमाथि आफ्नो प्रेम सम्बन्धका बारेमा सत्य लुकाएको आरोप लागेको थियो ।
नी दुई पटक लण्डनका मेयर भइसकेका छन् । सन् २००८ मा उनी पहिलो पटक लण्डनका मेयर भएका थिए । मेयर भएपछि उनले सार्वजनिक यातायातमा मदिरा बोक्न बन्देज लगाएका थिए ।
बोरिस, साइकलका पारखी हुन् । उनले लण्डनमा साइकल भाडामा दिने परिपाटीको सुरुवात गरेका थिए । जुन निकै चर्चित भएको थियो ।
ती साइकललाई बोलचालको भाषामा बोरिस बाइक्स भन्न थालिएको थियो ।
– बीबीसी