सिरहा / सिरहा मालपोत कार्यालयका नायाब सुब्बा ठाकुर र लेखापढी चौधरीसहित दुवैजनालाई अख्तियाको फन्दामा परेका छन । एक सेवाग्राहीलाई काम गरी दिएवापत लेखापढी व्यवसायी राजवंशी चौधरीमार्फत पाँच हजार रूपैयाँ घूस लिँदै गरेको अवस्थामा कार्यालयका नायव सुब्बा मिथिलेश ठाकुरसहितलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोग बर्दिबासको टोलीले पक्राउ गरेको हो ।

मोही लगत कट्टा गरिदिन एक सेवाग्राहीसँग नायव सुब्बा ठाकुरले लेखापढी व्यवसायी मार्फत चौधरीले ५ हजार ?पैयाँ लिएका थिए । कार्यालय काम गराउन ती सेवाग्राही घुस रकम लिएर पुगेका थिए । भने अख्तियार त्यसको निगरानी गरिरहेको थियो । सेवाग्राहीले नायव सुब्बाले भने अनुसार घुस रकम लेखापढी व्यवसायी चौधरीलाई बुझाएका थिए । लेखापढी व्यवसायीलेसमेत उक्त रकम नासुुलाई दिँदै गर्दा रंगेहात पक्राउ गरेको आयोगले जनाएको छ । दुवै जनामाथि थप अनुसन्धान भइरहेको जनाएको छ ।