सुनिता दुलालको तीज गीत ‘चुरा टीका लाली’ सार्वजनिक हुने क्रममा रहेको छ ।
गीतको भिडियो छायाङ्कन भैरहेको छ । गीतमा डा. कृष्णहरि बरालको शब्द, महेश खड्काको सङ्गीत तथा श्याम–स्वेत रसाइलीको सङ्गीत संयोजन रहेको छ । अर्जुन तिवारीले छायाङ्कन गरेको भिडियो शिव विकले निर्देशन गरेका हुन् । शोफी सुनुवारको शृङ्गार रहेको गीतका तस्बिरहरू रक कौसलले खिचेका छन् ।