नेपाली फिल्म ‘पासवर्ड’ को अफिसियल पोष्टर सार्वजनिक गरिएको छ । पोष्टरमा फिल्मका मुख्य कलाकारसहित बलिउड अभिनेत्री सन्नी लियोनीलाई समेत देख्न सकिन्छ ।
पोष्टरमा फिल्मका मुख्य कलाकारहरू एक्सन लुक्समा प्रस्त ुत छन् भने नायिका सन्नीको कामुक रूप देख्न सकिन्छ । फिल्मको अर्को पोष्टरमा अभिनेता अनुपविक्रम शाही र विक्रम जोशीको द्वन्द्वात्मक रूप देख्न सकिन्छ ।
सम्राट बस्नेतको निर्देशनमा बनेको फिल्ममा अन्य कलाकारहरू बुद्धि तामाङ, रविन्द्र झा, प्रवीण खतिवडा, धीरेन शाक्य, परी राणा, विक्रम बस्नेत, लिजा सुनार, छुल्ठिम गुरुङलगायतको अभिनय छ । एबी इन्टरनेशनलको ब्यानरमा निर्माण भएको फिल्मलाई हिरल जोशी र अमित बस्नेतले संयुक्तरूपमा निर्माण गरेका हुन् ।