दोस्रो संस्करणको मिसेज नेपाल ग्राण्ड २०१९ को उपाधि सृजना श्रेष्ठले जितेकी छन् ।
काठमाडौंको जमलस्थित नाचघरमा सम्पन्न फाइनल प्रतियोगितामा सृजनाले आफ्ना प्रतिस्पर्धीलाई पछि पार्दै उपाधिसहित विभिन्न उपहार जितिन् । उनी मोस्ट ट्यालेण्ट, बेस्ट क्याटवाक र मस्ट फोटोेजेनिकको उपाधि पनि जितिन् ।
सो प्रतियोगितामा मिसेज नेपाल ग्राण्ड फस्ट रनर अपको उपाधि अञ्जली केसी शाहले प्राप्त गरिन् । अञ्जलीले मोस्ट पपुलर र सोसियल वेल्फेयरको उपाधि पनि हासिल गरिन् । यस्तै सेकेण्ड रनर अपको उपाधि सृजना थापा श्रेष्ठले र म्यानेजमेन्ट च्वाइससहित थर्ड रनरअपको उपाधि एलिना घिसिङले पाइन् ।
यो प्रतियोगितामा भ्युअर्स च्वाइससहित पब्लिक च्वाइसको उपाधि उषा राना केसीले, बेस्ट हेयरको उपाधि रविना थापाले, बेस्ट भ्युजको उपाधि इच्छा राईले, मस्ट ब्युटिफुलको उपाधि चेलिनले, बेस्ट स्किन र बेस्ट स्माइलको उपाधि पूर्णिमा कोइरालाले र मोस्ट एक्टिभको उपाधि सृजना श्रेष्ठले हासिल गरे ।
यल मिडियाद्वारा आयोजित प्रतियोगितामा अभिनेत्री सञ्चिता लुइटेल, सञ्चारकर्मी सरोज प्याकुरेल, सूर्य चन्दसहित एलिजा महर्जन, चन्दा थापा गिरी थिए । गृहणीहरूको व्यक्तित्व विकासको लागि यो प्रतियोगिता आयोजना गरिएको आयोजक संस्थाकी अध्यक्ष रमी श्रेष्ठले बताए । सो प्रतियोगिताको संयोजना दीपा सेढाईंले गरेकी हुन् ।