विराटनगर । प्रदेश १ मा गत असार ३१ गते धरानमा सम्पन्न मुख्यमन्त्री कप प्रदेश लिग फुटबल प्रतियोगितामा अनियमितताबारे प्रदेशसभाको सार्वजनिक लेखा समितिले छानबिन सुरु गरेको छ ।
सार्वजनिक लेखा समितिको शुक्रबार बसेको बैठकमा आयोजक अखिल नेपाल फुटबल संघ (एन्फा) सम्बद्ध पदाधिकारीसंग समितिले दुई घण्टा प्रतियोगिताको विधि र खर्च प्रक्रियाबामा अनियमितता भएको आशंका गर्दै छानविन सुरू गरेका हुन् । प्रदेश १ सरकारले १ करोड र एन्फाले ३३ लाख रूपैयाँ मुख्यमन्त्री कप फुटबल प्रतियोगिता आयोजना गर्न बजेट बिनायोजन गरेको थियो । तर, आयोजकले थप २ लाख रुपैयाँ अगुप भएको जनाए पछि अनियमितताको आंशका गरिएको छ ।
प्रतियोगिता सम्पन्न गर्न अझै १ लाख ७९ हजार रुपैयाँ अपुग भएको आयोजक समितिका अध्यक्ष एवं एन्फाका प्रवक्ता किरण राईले बताए । सार्वजानिक लेखा समितिका सभापति शिवनारायण सिंह गन्गाईले प्रतियोगिताको बजेटमा व्यापक अनियमितता भएको बारे जानकारी मागेका थिए । प्रतियोगितामा अनियमितता नभएको भन्दै प्रवक्ता राईले बचाउ गरेका थिए ।