अमन शाह र अलिशा रजक ‘मोडल हण्ट नेपाल जनकपुर २०१९’ घोषित भएका छन् । ३६ प्रतियोगीलाई पछि पार्दै दुवैले उपाधि चुमेका हुन् । अमन पुरुषतर्फको विजेता बन्दा अलिशा महिलातर्फको विजेता बन्न सफल भइन् । विजेता सबैले नगद १ लाखसहित मोडल हण्ट नेपालमा सहभागी हुने अवसर प्राप्त गरेका छन् ।
जनकपुरस्थित उद्योग वाणिज्य सङ्घको सभाहलमा सम्पन्न प्रतियोगितामा नितेश सिंह र अमित शाह पुरुषतर्फ क्रमशः फष्ट एण्ड सेकेण्ड रनर अप घोषित हुँदा महिलातर्फ त्रिशना थापा फष्ट रनर अप र नेहा शर्मा सेकेण्ड रनर अप घोषित भएका थिए ।
नेक्स्ट मोडल्स नेपालका अध्यक्ष रवि धमला, अभिनेत्री मोडल सृजना रेग्मी, रुस्का श्रेष्ठ वरिष्ठ ब्युटिसियन तथा उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष सुरेन्द्र भण्डारीलगायत निर्णायक रहेको प्रतियोगितामा पुरुषतर्फ राहुल झा मोष्ट ट्यालेण्ट, सन्तोष शाह बेस्ट वाक, राधव जयसवाल मोष्ट डिसिप्लिन, सुभाष ठाकुर मोष्ट पपुलर, नितेश सिंह पब्लिक च्वाइस, आशिष ठाकुर सोशल रेस्पोन्सिवल, अमित साह बेस्ट फिजिक र कमर्सियल मोडल, नितेश सिंह फोटोजेनिक, ऋषि आनन्द चौधरी मोष्ट स्टाइलिस, जस्टिन देवकोटा मिस्टर कन्जिनेटल्ली, बेस्ट पर्सनालिटी सत्रोहन शर्मा घोषित भए ।
त्यस्तै महिलातर्फ त्रिशना थापा मोष्ट ट्यालेण्ट, अमिसा फुयाल बेस्ट वाक, प्रियान्सु साह मोष्ट डिसिप्लिन, पब्लिक च्वाइस् र सोशल रेस्पोन्सिवल नुपूर सरकार, मोष्ट पपुलर अलिशा रजक, प्रिङ्की यादव फोटोजेनिक र मिस कन्जिनेटल्ली, ईशा साह बेस्ट पर्सनालिटी घोषित भए ।

विक्रम आदित्य महासेठ क्षेत्रीय निर्देशक रहेको प्रतियोगिता ‘मोडल हण्ट नेपाल’ मोडलिङ पेशालाई व्यवसायिक एवम् मर्यादित बनाउँदै फेसन तथा मोडलिङजगत्मा नयाँ आयामको शुरुवात गर्ने उद्देश्यले आयोजना हँुदै आएको नेक्स्ट मोडल्स नेपालका अध्यक्ष रवि धमलाले बताए ।