र्यापर ‘भिटेन’ अर्थात् समिर घिसिङले अभिनेत्री शिल्पा मास्केसँगका तस्बिर सामाजिक शेयर गरेपछि बजारमा अहिले उनीहरूबीच प्रेमसम्बन्ध रहेको चर्चा चल्न थालेको छ ।

पछिल्लो समय ‘यस्तै त हो नि ब्रो’ गीत बजारमा ल्याएका भिटेनले शेयर गरेको तस्बिरमा उनका फ्यानले जोडी सुहाएको भन्दै कमेन्ट गरेका छन् ।

बेला–बेलामा समिर र शिल्पा प्रेममा भएको चर्चा चल्ने गरे पनि यसबारेमा उनीहरूले मुख खोलेका छैनन् । शिल्पा मास्के अभिनित फिल्म ‘सानो मन’ को प्रिमियरमा पनि भिटेन पुगेका थिए । भिटेन र शिल्पा मास्के प्रिमियरका क्रममा पनि एकसाथ देखिएका थिए ।