बलिउड कलाकार ऋतिक रोशन र दीपिका पादुकोण राम र सीता बन्ने भएका छन् ।
फिल्म निर्माता नितेश तिवारी र रवि उदयावरले हिन्दू पौराणिक ग्रन्थमा आधारित फिल्म बनाउने योजना गरेका छन् । फिल्मको नाम ‘रामायण’ हुने बताइएको छ ।
फिल्मको सुटिङ ३ डिसेम्बरबाट शुरु गरिनेछ । फिल्मका लागि भगवान रामको चरित्रमा ऋतिक र सीताको भूमिकामा दीपिकाको नाम लिइएको छ । भारतीय मिडियाले नितेशले फिल्म ‘छिछोरे’ को सुटिङ सकिनासाथ ‘रामायण’ को तयारीमा जुट्ने बताएका छन् ।