विराटनगर /  विराटनगर – ९ स्थित मेट्रोसिटी होटल एण्ड गीत गजलबाट हतियारसहित पक्राउ परेका भारतीय नागरिक विराटनगरमा खाद्यको कारोबार गर्ने व्यापारी जितु भनिने जितेन्द्र रायलाई हत्या गर्न आएको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।
मोरङ प्रहरीको नियन्त्रण पछि अनुसन्धानमा रहेका भारत सीतामणी ग्रामपञ्चायतका २२ वर्षीय कुनालकुमार सिंहलाई पक्राउ गरेपछि भारतीय पाँच लाखको ‘सुपाडी’ मा हतियारसहित व्यापारी रायको हत्या गर्न आएको अनुसन्धानबाट खुलेको हो ।

रौनियार र सिंह भारतीय सापसुटर
प्रहरीले पक्राउ गरेका रौनियार र सिंह भारतीय सापसुटर हुन् । प्रहरीले सिंहलाई २७ जेठमा २ थान पेस्तोल र त्यसमा लाग्ने ७ राउण्ड गोलीसहित होटलबाट पक्राउ गरेको थियो । अर्का सापसुटर रौनियार भने फरार छन् ।

मुख्य नाइके विराटनगरका मन्नु गुप्ता
भारतीय सापसुटर प्रयोग गरि व्यापारी रायको हत्या गराउन लगाउने मुख्य नाइके विराटनगरका मन्नु कुमार गुप्ता रहेको मोरङ प्रहरीका प्रमुख एसपी विश्व अधिकारी जानकारी दिए । अनुसन्धानबाट हत्या गराउन लगाउने मुख्य नाइके ३१ वर्षीय गुप्ता रहेको खुलेपछि प्रहरीले विराटनगरबाट २ असारमा पक्राउ गरेका थियो । गुप्ता पनि खाद्यान्यको कारोबार गर्ने विराटनगरका व्यापारी हुन् । व्यापारीको हत्या गराउन सापसुटर प्रयोग गर्ने पनि व्यापारीनै रहेको खुलेको छ ।
हत्याको योजना बनाए सापसुटर पठाउने सर्लाही गौढैचा नगरपालिका – १ का ५० वर्षीय हरीनारयण झालाई पनि प्रहरीले सर्लाहीबाट असार ३ गते पक्राउ गरेको एसपी अधिकारीले बताए । यस घटनामा पाँच जनाको संलग्न रहेको प्रराम्भिक चरणको अनुसन्धानबाट खुलेको अधिकारीले जानकारी दिए । जसमध्ये तीन जना पक्राउ परेका छन् भने अन्य २ जना फरार रहेका छन् । फरार हुने सिंहसहित व्यापारीको हत्या गर्न आउने सापसुटर रौनियार र भारतदेखि सापसुटर ल्याएर आउने राकेश झा रहेको प्रहरीले जनाएको छ । प्रहरीले उनीहरूको पनि खोजी कार्य तीव्र बनाएको छ ।

लेनदेन र रिसिबी साध्ने हत्याको योजना
‘लेनदेन र रिसिबी साध्न गुप्ताले व्यापारी रायको हत्या गर्न सापसुटर प्रयोग गरेको देखिएको छ,’ एसपी अधिकारीले भने, ‘हत्याको योजना पनि भारतको सितामढीबाट बनेको देखिन्छ । पश्चिम नाका हुँदै विराटनगर आएको देखियो ।’ पक्राउ परेका गुप्ता केही सयम अगाडी जवरजस्ती करणी मुद्दामा कैद भुक्तान गरेका अभियुक्त हुन् । ‘करणी मुद्दामा व्यापारी रायले फसायो भन्ने गरेका थिए,’ एसपी अधिकारी भने, ‘त्यही रिसिबी र गुप्तासँग लिएको ३१ लाख लिन हत्याको योजना बनाएको देखिन्छ ।’ पक्राउ परेका गुप्ता पनि विराटनगरमा चालम, दाल, तेललगायतको खाद्यको कारोबार गर्ने व्यापारी हुन् । गुप्ता र रायको सम्बन्ध पनि राम्रो सम्बन्ध थियो ।

यसरी बन्यो हत्याको योजना
व्यापारी रायको हत्या गर्ने योजना गुप्ताले सबैभन्दा पहिला सर्लाहीका हरिनारयण झालाई सुनाएका थिए । झा यस अघि पनि कर्तब्य ज्यान मुद्दामा कैद भुक्तान गरेका अभियुक्त हुन् भने गुप्ता जवरजस्ती करणी मुद्दामा कैद भुक्तान गरेका अभियुक्त हुन् । झा र गुप्ताको चिनजान कैद जीवन विताउँदा सुनसरीस्थित झुम्का कारागारमा भएको हो । व्यापारी रायको हत्या गर्ने योजना गुप्ताले झालाई सुनाए । भारू पाँच लाख रूपैयाँ दिने हो भने सापसुटर झिकाएर काम फत्ते गरिदिने गुप्तालाई झाले विश्वास दिलाए । पाँच लाख दिन गुप्ता तयार भए । झा भारततर्फ उनका गाउँले भाई राकेश झालाई लिएर सापसुटरको खोजीमा हिड्े । भारतको सितामढीमा हरिनारयण र राकेशको भेट सापसुटर कुनालकुमार सिंह र राजु कुमार रौनियारसँग हुन्छ । सितामढीमा बसेर गत जेठको अन्तिम सात व्यापारी रायको हत्याको योजना बनुेका थिए ।

यसरी पक्राउ परेका थिए भारतीय सापसुटर
व्यापारीको हत्याको योजना बनाएपछि २ थान पेस्तोल र ७ राउण्ड गोली लिएर सापसुटर कुनालकुमार र राजुकुमारलाई भारतको सितामढीबाट नेपाल आए । २६ जेठमा विहान सितामगढीबाट रिक्सा चढेर नेपालको गौर आइपुग्छन् । त्यहाँ उनीहरू बस चढेर सोही दिन साँझ विराटनगर बसपार्कमा आइपगे । विराटनगर आए पछि राकेशको सम्पर्कमा सापसुटर हुन्छन् । त्यस रात उनीहरू विराटनगरस्थित मेट्रोसिटी होटल एण्ड गीत गजलमा बसेका थिए । छन् । भोलीपल्ट जेठ २७ गते विहान ६ बजे राजेशले लिएर व्यापारी रायको हत्या गर्न सापसुटर लिएर गए । त्यस दिन व्यापारी राय घरमा हुदैन् । उनीहरूले घरमा नभेटिएपछि पुन सोही होटलमा फर्किएका थिए । राकेशले सापसुटर सिंह र रौनियारलाई ६÷६ हजार रुपैयाँ दिएका थिए । सो रात उनीहरू गजलमा मस्ती गर्ने योजना बनाएर मदिराको नशामा नाचगानमा व्यस्त भए । नाच्ने क्रममा होटलका स्टापले सापसुटर कुनालकुमारको कम्बरमा भिरेको अवस्थामा पेस्तोल देखेका थिए । होटलका संचालकले तत्काल मोरङ प्रहरीलाई जानकारी गराएका थिए । प्रहरीको टोलीले पेस्तोलसहित कुनालकुमारलाई पक्राउ गरेको थियो भने राजुकुमार फरार भए । हाल पनि राजुकुमार फरार छन् । पक्राउ परेका सापसुटर सिंह, हत्याको मुख्य योजनाकार गुप्ता र सापसुटर झिकाउने हरिनारयणलाई प्रहरीेले मंंगलबार पत्रकार सम्मेलन गरि सार्वजानिक गरेको थियो ।