‘मुसुमुसु हाँसी देऊ न लै लै’ जस्ता चर्चित गीतका गायक नोर्देन तेञ्जिङको निधन भएको छ ।

सन् १९५० मा भारतको खर्साङमा जन्मिएका नोर्देनको ६९ वर्षको उमेरमा सोमबार लण्डनमा निधन भएको हो । उनलाई केही वर्षअगाडि घाँटीको क्यान्सर भएको थियो ।

‘गाजलुले आँखा छोप्ने’ गीतबाट चर्चा कमाएका तेञ्जिङले नेपाली साङ्गीतिक समूह हिमालयन ब्याण्डबाट ‘मुसुमुसु हाँसी देउन लै लै, कहाँ तिम्रो मायालुलाई छाडी राख्यौ, फर्की हेरे मेरो जीवन, मलाई धेरै धेरै माया चाहिन्छ’ भन्ने बोलका चर्चित गीत गाएका थिए ।