पथरी/ जापानी इन्सेफलाईटिस रोग भाइरसको सङ्क्रमणबाट मोरङको कानेपोखरीमा एकजना वृद्धाको ज्यान गएको छ ।

वडा नं. २ स्थित ढिकुवाडाँगीका ६२ वर्षीय गणेश प्रसाद फुयलको बुधबार विहान ज्यान गएको हो । फुयललाई उपचारको लागि विराटनगर हुँदै काठमाडौँसम्म पु¥याए पनि उपचार सम्भव नभएपछि गत सोमबार घर ल्याइएको थियो ।

एक महिना अघि सामान्य ज्वरो आएपछि चेकजाँच गर्ने क्रममा सो रोगको सङ्क्रमण भइसकेको बारेमा चिकित्सकले उनका परिवारलाई बताएका थिए । रोग थाहा पाएपछि उपचारको लागि विभिन्न ठाउँमा लगिएको वडा नम्बर २ का वडाध्यक्ष सुशील बुढाथोकीले बताए ।

त्यस्तै कालिस्थानका डेढ वर्षीय जितन राजवंशीलाई पनि लाम्खुटेको टोकाइबाट सर्ने मेनेन्जाईटिस रोग लागेको छ । उनको विराटनगरस्थित नोबेल अस्पतालमा उपचार भइरहेको छ ।

त्यसैगरी सोही वडाका १५ वर्षीय अनिता राई र एलिना लिम्बूलाई पनि लाम्खुटेको टोकाईबाट सर्ने डेङ्गोको सङ्क्रमण देखिएको थियो । उनीहरू विराटनगरस्थित नोबेल अस्पतालमा उपचारपछि घर फर्केका छन् ।

जापानी इन्सेफलाईटिस जस्ता रोगहरू देखिन थालेपछि वडा नं.२ को अध्यक्ष बुढाथोकीको पहलमा अहिले सङ्क्रमित क्षेत्रमा रोग विरुद्धको औषधि स्पे्र शुरु गरिएको छ । सङ्क्रमित एरियामा मात्र नभई समग्र पालिका भित्र स्पे्र गनुपर्ने स्थानीयहरूले माग गरेका छन् ।