भद्रपुर । सरकारी गाडी प्रयोग गरी नगरपालिका उपप्रमुखले समितिको निर्वाचनका लागि भोट माग्दै घरलौरी हिडेको पाइएको छ । तत्कालिन नेकपा एमालेबाट निर्वाचित भद्रपुर नगर उप्रमुख चन्द्रमाया श्रेष्ठले सरकारी गाडीको दूरुपयोग गरेकी हुन् ।

आउने शनिबार भद्रपुर ९ स्थित चन्द्रगढी दोस्रो खानेपानी उपभोक्ता तथा सरसफाई समितिका लागि हुने निर्वाचनमा उपप्रमुख श्रेष्ठले प्रयोग गर्दै आएको मे १ झ ११७ नम्बरको रातो रङ्गको गाडी प्रयोग गरी बिहीबार बिहान प्रकाशपुर चोकमा गाडी राखेर खानेपानी उपभोक्ताको घर–घरमा उम्मेदवारलाई लिएर भोटमाग्दै हिडेकी छन् ।

सरकारी कामकालागि बाहेक अन्य काममा स्वीकृती लिएर प्रयोग गर्नु पर्ने गाडी उनले सरकारमा नै बसेर नियम उलङ्घन गर्दै आइरहेको स्थानीय बताउँछन् । अधिवक्ता समेत रहेकी श्रेष्ठलाइ ऐन कानूनको विषयमा पूर्ण जानकार हुदा हुदै पनि यस्तो कार्य गरेको प्रति केही स्थानीयले आपत्ती समेत जनाए । नेकपाबाट उम्मेदवार रहेका चुडामणि मैनालीको प्यानललाई सघाउन उनले भोट माग्दै हिडेकी छन् ।

केही स्थानीय राजनीतिकर्मीले सरकारी गाडी नै प्रयोग गरेर भोट माग्ने ? भन्ने प्रश्नमा हो भन्दै सहज जवाफ दिएको ती नेताले सञ्चारकर्मीलाई बताए । नगर उपप्रमुखले सरकारी गाडी दूरुपयोग गरेको उनीहरुको दाबी छ ।

नगरपालिकामा सपथ लिएपछि साझा व्यत्ति हुनु पर्नेमा खुलेआम पार्टीमा देखिएर सोटीङ् गर्दै हिडेको स्थानीय बताउँछन् । झापामा पछिल्लो समय सरकारी गाडीलाइ व्यत्तिगत प्रयोग, कार्यालय समय पश्चात होटल अगाडि, राजनीतिक कार्यक्रम लगायतका क्षेत्रमा देखिने गरेको जानकारहरु बताउँछन् ।