देउराली । ६ लाख ७५ हजार घुस रकमसहित पूर्वाञ्चल विश्वविद्यालयका प्रमुख प्रशासकीय अधिकृत पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले बिहिबार विश्वविद्यालयका प्रमुख प्रशासकीय अधिकृत गिरीराज कोइरालालाई दरवारमार्ग स्थित शेर्पा मलबाट नियन्त्रणमा लिएको आयोगले शुक्रबार एक प्रेश विज्ञप्ती जारी गरी जनाएको छ ।
काठमाडौँ स्थित कलेजका विद्यार्थीहरूको समस्या सामाधान गरीदिने भन्दै अधिकृत कोइरालाले घुस मागेको सुचना तथा उजुरीका आधारमा उनलाई सेवाग्रहीबाट घुस रकमा लिइरहेको अवस्थामा नियन्त्रणमा लिइएको आयोगले जनाएको ।