मधुमल्ला । नेपाल कम्युनिष्ट पार्टी नेकपाको मिक्लाजुङ गाउँ कमिटीको शपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ ।
बिहीबार मिक्लाजुङ–७ मा रहेको लेटरेन रिभाइवल चर्चको सभाहलमा शपथ ग्रहण कार्यक्रम भएको थियो । नेकपाको मिक्लाजुङमा नरेन्द्रप्रसाद ढुङ्गेलको अध्यक्षतामा गठित ७५ सदस्यीय गाउँपालिकास्तरीय कमिटीको सचिव, कार्यालय सदस्य र सदस्यहरूमा क्रमशः दिनेश पौडेल, नगिन्द्र कार्की (नवीन), बुद्धिमान लिम्बू, रामकृष्ण राई र सदस्यहरूमा देवीप्रसाद आचार्य, कमलप्रसाद काफ्ले, लालबहादुर राई, यमनाथ पोख्रेल, बुद्धिलाल निरौला, यामनाथ निरौला, गौरीप्रसाद राई, सरला राईलगायत छन् ।

त्यस्तै बालकुमार भण्डारी, जुना खड्का, शारदा मगर, हरिकुमार भुजेल, भक्तिप्रसाद पौडेल, नैनसिंह राई, हर्कराज राई, उमादेवी अर्याल, मोतीलाल घिमिरे, विष्णुकुमारी बराल, डिकमान राई, बुद्धिमान श्रेष्ठ, कमलकुमारी राई, निर्मला राई, फर्समान तामाङ रहेका छन् ।

नव गठित समितिका पदाधिकारीहरूलाई शपथ ग्रहण कार्यक्रमका प्रमुख अतिथि नेकपा मोरङ जिल्ला इञ्चार्ज, तथा नेकपा केन्द्रीय सदस्य घनेन्द्र बस्नेतले पद तथा गोपनीयताको शपथ खुवाएका थिए । कार्यक्रममा नेकपा मोरङ जिल्ला सह–इञ्चार्ज गोपी आछामी, केन्द्रीय सदस्य महेश रेग्मी, प्रदेश सांसद् कुलप्रसाद साम्बालगायतको उपस्थिति रहेको थियो । नेकपा मोरङ सचिव गणेश उप्रेती (सुशील)ले सञ्चालन गरेको कार्यक्रम नेकपा मोरङ जिल्ला अध्यक्ष ऋषिकेश पोख्रेलको सभापतित्वमा सम्पन्न भएको थियो ।