ताप्लेजुङ / परम्परागत रुपमा निकालिदैं आएको रोपाई जात्रा शनिवार ताप्लेजुङमा भब्यताका साथ मनाईएको छ । पूर्वी पहाडको मौलिक पर्वको रुपमा रहेको रोपाई जात्रामा धान रोप्दा गरिने कृयाकलापसँग विभिन्न जातजातीको संस्कृति र कला झल्काउने खालको अभिनय गरिन्छ । रोपाई जात्रा सदरमुकाम फुङलिङमा विहान ११ बजेवाट तोक्मेडाँडावाट सुरु भई बजार परिक्रमा गरेको थियो ।

ropai jatra
रोपाई गीतको साथमा अघिअघि गोरु हली अनि पछि पछि रोपारले हिलोमा धान रोपेको अभिनय गर्दै एक सय धेरै बालबालिका र युवायुवती जात्रामा सहभागी हुने नेपाल भाषा तथा साँस्कृतिक समाज ताप्लेजुङका अध्यक्ष निरोज श्रेष्ठले जानकारी दिए ।
लाखेजात्रा हामी सवैको जात्रा भन्ने उद्धेश्यले विभिन्न जातजातीका मौलिक भेषभूषा र संस्कृति समेत प्रदर्शन गरिने अध्यक्ष श्रेष्ठले बताए । राणा शासन काल देखिनै नेवार जातीले सुरु गरेको यो जात्रा अहिले आएर सम्पूर्ण ताप्लेजुङको पर्वको रुपमा विकास भएको छ । ताप्लेजुङ लगायत इलाम, धरान, संखुवासभाको चैनपुरलगायत स्थानमा रोपाइजात्रा मनाइन्छ ।

jatra2 jatra4 jatra1