Blast Khabar
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
थप विभाग
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
इपेपर विज्ञापन
Blast Khabar
सर्वाधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
गृहपृष्ठ /राजनीति
राजनीति

निर्वाचन आयोगको रणनीतिक योजनाको मस्यौदा तयार

र रासस भदौ २, २०७६ ३ मिनेट पढाइ ० प्रतिक्रिया
Facebook X WhatsApp Viber
निर्वाचन आयोगको रणनीतिक योजनाको मस्यौदा तयार
 
काठमाडाैं / निर्वाचन आयोगले लोकतन्त्रको सुदृढीकरणका लागि स्वच्छ, स्वतन्त्र, विश्वसनीय र मितव्ययी निर्वाचनको लक्ष्य राखेर तेस्रो पञ्चवर्षीय रणनीतिक योजना (आव २०७६/०७७–२०८०/८१¬) को मस्यौदा तयार गरेको छ । आयोगलाई स्वायत्त, सक्षम र सुदृढ निकायका रूपमा स्थापित गरी आवधिक निर्वाचनलाई व्यावसायिक, कुशल, पारदर्शी र विश्वसनीयरूपबाट व्यवस्थापन गर्ने ध्येय राखेर उक्त रणनीतिक योजनाको मस्यौदा तयार गरिएको आयोगका प्रवक्ता शङ्करप्रसाद खरेलले जानकारी दिए ।
मतदानस्थलमै मतगणना गर्ने तथा राजनीतिक दललाई राज्यतर्फबाट अनुदान दिने विषय समेटिएको उक्त रणनीतिक योजना कार्यान्वयनका लागि रु आठ अर्ब पाँच करोड ६० लाख बजेट लाग्ने प्रारम्भिक अनुमान गरिएको छ । संस्थागत सुदृढीकरण, प्रविधियुक्त निर्वाचन व्यवस्थापन प्रणालीको विकास, नीतिगत तथा कानूनी सुधार, संविधान र कानूनबमोजिम राजनीतिक दलको नियमन, निर्वाचन एवं नागरिक शिक्षामा साझेदारी र सहकार्य अभिवृद्धि गर्ने रणनीति रहेको उनले बताए ।
स्वच्छ र मितव्ययी निर्वाचनका माध्यमबाट नागरिकलाई राजनीतिक अधिकारको निर्वाध उपभोग गर्ने अवसरको सुनिश्चितता प्रदान गर्ने लक्ष्य रहेको उक्त रणनीतिक योजनाको उद्देश्य आयोगको संस्थागत क्षमता र व्यावसायिक दक्षता अभिवृद्धि गर्नु रहेको छ । निर्वाचनमा नागरिक एवं सरोकारवालाको सहभागिता, सहकार्य र साझेदारी बढाउने उद्देश्य रहेको उक्त योजनाका लागि तयार गरिएका पाँच रणनीतिअन्तर्गत ४० वटा कार्यनीतिको पहिचान गरिएको छ ।
कार्यनीति कार्यान्वयनका लागि पाँच वर्षको कार्ययोजनासमेत तयार गरी ५६ वटा क्रियाकलाप पहिचान गरिएको आयोगले जनाएको छ । उक्त रणनीतिक योजना कार्यान्वयनबाट आयोग र मातहतका कार्यालय सङ्घीय संरचना अनुकूल पुनःसंरचना, निर्वाचन कार्यतालिका अनुरूप निर्वाचन तयारी, व्यवस्थापन, निर्वाचन व्यवस्थापनका प्रक्रिया लैङ्गिकमैत्री तथा समावेशी एवं निर्वाचन चक्रका क्रियाकलाप प्रविधिमैत्री हुने विश्वास गरिएको छ । एकीकृत विद्युतीय तथ्याङ्क भण्डारका माध्यमबाट महत्वपूर्ण अभिलेख तथा तथ्याङ्क व्यवस्थित गर्ने, एकीकृत निर्वाचन कानूनको तर्जुमा, निर्वाचन विवादको समयमै समाधान गर्ने, निर्वाचन आचारसंहिताको परिपालन, निर्वाचन शिक्षा एवं नागरिक शिक्षामा मतदाताको पहुँच अभिवृद्धि भई मतदानमा सक्रिय सहभागिता हुने अवस्था सिर्जना हुने आयोगको भनाइ छ ।
मतदानस्थलमै मतगणना
खसेको मतमा सदर मतको अनुपातमा उल्लेख्य वृद्धि, मतदाता नामावली दर्ता तथा अद्यावधिक कार्य एवं मतदाता शिक्षा कार्यक्रम सञ्चालनमा स्थानीय तह र राजनीतिक दलको सहभागितामा वृद्धि, सबै तहको निर्वाचन सञ्चालन दिग्दर्शन तयार, मतदानस्थलमै मतगणना गर्ने कार्यको थालनी, मतदान केन्द्रमा आवश्यक पर्ने सामान र जनशक्तिको प्रयोगमा स्थानीय स्रोतसाधनलाई प्राथमिकता दिने कार्यमा रणनीतिक योजनाबाट महत्वपूर्ण उपलब्धि हासिल हुने विश्वास गरिएको छ ।
 
राजनीतिक दललाई अनुदान
रणनीतिक योजना कार्यान्वयनमा आएको खण्डमा राजनीतिक दलको आयव्यय एवं निर्वाचन खर्च पारदर्शी र निर्वाचन मितव्ययी हुने र निर्वाचन खर्चबापत राजनीतिक दललाई राज्यका तर्फबाट अनुदान उपलब्ध गराउने व्यवस्था प्रारम्भ हुने आयोगले विश्वास लिएको छ । यसबाट विभिन्न मुलुकका निर्वाचन व्यवस्थापन निकाय, निर्वाचनसम्बन्धी क्षेत्रीय तथा अन्तर्राष्ट्रिय संस्था, विकास साझेदार संस्थासँगको सहयोग एवं साझेदारीमा विस्तार हुने अपेक्षा गरिएको छ । विसं २०७४ मा भएका तीनै तहका निर्वाचनपछि आयोगले सातै प्रदेशमा गरेको कार्यक्रममा प्राप्त सुझावका आधारमा रणनीतिक योजनाको मस्यौदा तयार गरिएको प्रवक्ता खरेलले जानकारी दिए । आयोगले प्रस्तावित रणनीतिक योजनामा सम्बद्ध सबै सरोकारवाला पक्षबाट राय, सुझाव र प्रतिक्रियाका लागि पुनःआग्रह गरेको छ ।
यो समाचार सेयर गर्नुहोस्
Facebook X WhatsApp Viber
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस् Subscribe

प्रतिक्रिया ०

इमेल सार्वजनिक गरिँदैन। सम्पादकको स्वीकृतिपछि प्रतिक्रिया प्रकाशित हुन्छ। ०/१५००
अहिलेसम्म कुनै प्रतिक्रिया छैन यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

सम्बन्धित समाचार

आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै
कार्तिक १, २०८३
प्रहरी सङ्गठनलाई व्यावसायिक र आधुनिक बनाइँदैछः गृहमन्त्री गुरुङ
असोज ३०, २०८३
महिनादिनमा ५२९२ किलो गाँजा बरामद
असोज ३०, २०८३
छापा संस्करण [ePaper]
  1. आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै
    कार्तिक १, २०८३
  2. प्रहरी सङ्गठनलाई व्यावसायिक र आधुनिक बनाइँदैछः गृहमन्त्री गुरुङ
    असोज ३०, २०८३
  3. महिनादिनमा ५२९२ किलो गाँजा बरामद
    असोज ३०, २०८३
  4. ४९९९ मा टेलिकमको फाइबर इन्टरनेट
    असोज ३०, २०८३
  5. आश्विन शुक्ल षष्ठीः कात्यायनी देवीको पूजा आराधना गरिँदै
    असोज ३०, २०८३
  6. दसैँको मुखमा राष्ट्रिय वाणिज्य बैङ्कमा सेवाग्राहीलाई सास्ती
    असोज ३०, २०८३
  7. धरानलाई सडक मानवमुक्त बनाउने अभियान
    असोज ३०, २०८३
  8. विद्युतीय सवारीको ब्याट्री व्यवस्थापनमा अहिलेबाटै ध्यान देऊ
    असोज ३०, २०८३
  9. आजको राशिफलः २०८३ साल असोज ३० गते शुक्रबार
    असोज ३०, २०८३
  10. धरानमा जुवाजन्य खेल खेल्न नपाइने
    असोज २९, २०८३
  11. कोशीका पाँच जिल्लाका १८ विद्यालय छनोट
    असोज २९, २०८३
  12. पाँच महिनापछि अरुण नदीको सतिघाटमा ‘फेरी’ सञ्चालन
    असोज २९, २०८३
  13. उदयपुरमा बस दुर्घटना: एकको मृत्यु, १६ जना घाइते
    असोज २९, २०८३
  14. ट्रकको ठक्करबाट धरानको भोटपुलमा एक युवाको घटनास्थलमै मृत्यु
    असोज २९, २०८३
  15. अस्ट्रेलियाको बेरोजगारी दरमा वृद्धि
    असोज २९, २०८३
  1. कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
    चैत १२, २०८१
  2. अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
    जेठ २८, २०८०
  3. स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
    असोज ८, २०७३
  4. टिप्पणी: नेताको बोलीको बेटुङ्गो
    मंसिर १०, २०८१
  5. बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
    असार १८, २०८२
  6. हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
    कार्तिक २५, २०८१
  7. नमस्ते भन्ने कि नमस्कार ?
    पुस ७, २०७६
  8. वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
    कार्तिक ४, २०८१
  9. इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
    मंसिर २५, २०७५
  10. एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
    असार ६, २०८२
  11. ‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
    पुस २२, २०८१
  12. टिकटकको नयाँ फिचर्स सेवा सुरु
    वैशाख २२, २०८२
  13. दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
    मंसिर २७, २०८१
  14. धरान राजधानी हुने भो !
    फागुन ५, २०७५
  15. राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
    फागुन २९, २०८०
Blast Khabar
Blast Khabar ब्लाष्ट खबर

सार्वधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी

हाम्रोबारे

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल तथा जीवनका विभिन्न पक्षहरू समेटेको छ।

छापा संस्करण पढ्नुहोस्

विधाहरू

  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • राशिफल

सम्पर्क

ठेगानाधरान-८, औद्योगिक क्षेत्र, सुनसरी
फोन रिसेप्सन: ०२५-५७५४५८
समाचार: ०२५-५३८४३५
विज्ञापन: ०२५-५३८४१४
इमेल[email protected]
विज्ञापनको लागि सम्पर्क
© 2026 Blastkhabar.com — सर्वाधिकार सुरक्षित।
हाम्रोबारे सम्पर्क छापा संस्करण विज्ञापन युनिकोड