मोरङ / मोरङको बेलबारी नगरपालिका–९ स्थित पोखरीका ५५ बर्षीय गणेश चौधरीले घरेलु हतियारले एक वृद्धलाई प्रहार गरेर घाइते बनाएका छन् ।
सामान्य विवादमा गणेशले ६५ बर्षीय सुर्ता चौधरीलाई घरेलु हतियार दाउले टाउकोमा प्रहार गरेका थिए । पछाडीबाट टाउकोमा दाउ प्रहार गर्दा सर्ताको गम्भीर चोट लागेको स्थानीयले बताएका छन् । उनको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । दाउ प्रहार गर्ने चौधरीलाई इलाका प्रहरी कार्यालय बेलबारीले नियन्त्रणमा लिएको छ ।
वृद्धमाथि दाउ प्रहार
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।






























