बलिउड अभिनेता जोन अब्राहम हलिउड फिल्म ‘टान्सपोर्टर’ को हिन्दी रिमेकमा देखिने भएका छन् ।
निर्माणपक्ष र जोनबीच सम्झौता भइसकेको छ । ‘टान्सपोर्टर’ मा हलिउड कलाकार जासोन स्ताथामको मुख्य भूमिका थियो । जोसनले निर्वाह गरेको भूमिकामा नै जोन प्रस्तुत हुनेछन् । जोनले यो फिल्मको रिमेकमा काम गर्न मन लागेको बताउँदै आएका थिए ।
जोनले भारतीय मिडियासँग कुरा गर्दै राम्रो टिमले यो फिल्मको रिमेक राइट्स किनेको र उसले आफूलाई अफर गरेको बताएका छन् । उनले भनेका छन्, ‘म पनि खुशीसाथ काम गर्न राजी भएँ ।’ उनले यो फिल्मका लागि विशेष तयारी गरिरहेको समेत बनाएका छन् ।