धरान/बलिउड अभिनेत्री सोनाक्षी सिन्हाले सामान्य प्रश्नको उत्तर दिन नसकेपछि ट्रोलको शिकार बनेकी छन् ।

सोनाक्षीलाई ‘रामायणमा हनुमानले कसका लागि सञ्जीवनी बुटी ल्याएका थिए’ भन्ने प्रश्नको उत्तर दिन नसकेपछि मजाक उडाइएको छ । सामाजिक सञ्जालमा उनी ट्रोलको शिकार बनेकी छन् ।

उनलाई चर्चित टेलिभिजन शो ‘कौन बनेगा करोडपति’ को ११ औं संस्करणको २५ औं इपिसोडमा प्रश्न गरिएको थियो । राजस्थानकी उदमी रुमा देवी ‘कर्मवीर प्रतिभागीको’ रूपमा कार्यक्रमा हिस्सा लिइरहेकी थिइन् ।

उनी अतिथिको प्यानलमा रहेकी थिइन् । वस्तुगत प्रश्नको पनि उत्तर दिन नसकेपछि मजाक बनाइएको हो । सोनाक्षीले भने यसविषयमा प्रतिक्रिया दिएकी थिइन् ।