ब्लाष्टखबर । एक सय ३२ एम्पुल लागुऔषधसहित धरानका एक युवक रानी भन्सार कार्यालयमा पक्राउ ।

धरान ५ देउरालीका २९ वर्षीय गणेशबहादुर तामाङलाई विराटनगर –१५ स्थित रानी भन्सार कार्यालयको १ नम्बर ढाटबाट एक सय ३२ एम्पुल लागुऔषधसहित प्रहरीले पक्राउ गरेकाे छ ।

भारतको जोगवनीबाट तिघ्रामा टेपले बाँधेर  ल्याउँदै गरेकाे अवस्थामा तामाङलाई सोमबार साँझ पक्राउ गरिएको मोरङ प्रहरीले जनाएकाे छ । उनकाे साथबाट एभिल ४३, डाइजेल्याब ४३, लुपिजेसिक ४३ र फेनारगन ३ गरेर एक सय ३२ एम्पुल लागुऔषध बरामद भएको छ ।

तामाङलाई लागुऔषध ऐन अन्तर्गतको मुद्दा चलाउन मंगलबार अदालतबाट म्याद थप गरेर अनुसन्धान अघि बढाइएको मोरङ प्रहरीले जनाएको छ ।