देउराली । तिनकुने विश्वकर्मा मन्दिर नजिकै सवारी दुर्घटना हुदा एक को मृत्यु भएको छ ।

धरान ८ तिनकुनेमा रहेकाे विश्वकर्मा मन्दिर नजिकै काेशी राजमार्गमा  इटहरीबाट धरान तर्फ आउदै गरेको स्कुटर को २१ प २३६१ नम्बरलाई सोही दिशाबाट आउदै गरेको को १ ख १९३० नम्बरको बसले ठक्कर दिदा स्कुटरको पछाडी सवार इटहरी १९ कि ६१ बर्सिय कालीमाया राईको घटना स्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।

दुर्घटनामा स्कमुटर चालक श्रीमान् जयबहादुर राई घाइते भएका छन् ।

मृतकको शव विपि कोइराला स्वास्थ विज्ञान प्रतिष्ठान लगीएको छ , स्कुटर, बस र बस चालक उर्लाबारी –४ का वर्ष ४२ का कुलबहादुर धिमाल इलाका प्रहरी कार्यालय, धरानको नियन्त्रणमा रहेको कार्यालयले जनाएको छ ।