इटहरी /  रातो टिका निधारमा टलक्कै टल्कियो...’ गुनगुनाउदै शुक्रबार साँझ करिब नौ बजे इटहरीस्थित जनता स्कुलको मैदानमा नेपाल आइस प्रादेशिक संगीत यात्राको स्टेजमा चर्चित गायिका मेलिना राई देखापरे पछि दर्शकहरु मुस्कुराए । उनको गति सुन्दैं गर्दा रात कटेको पतो पाएनन् ।
दोस्रो पटक इटहरी आएकी मेलिना पनि दर्शकको साथ् पाएपछि आफु एकदमै बिरामी भएको भन्दै आज म भन्दा नि बेसी तपाईहरुले गाएर साथ् दिनुपर्छ है भन्दै म बजाउछु मुरली तिरिरि नाच फिरिरी बाट कार्यक्रमको सुरुवात गरिन ।
दर्शकको अपार भीडले डेढ घण्टा सम्म नाइँ नभन्नु ल . पिरतीको मिठो तिर्शाना , परि जस्तो उड्न पाए , टिक टकमा , माछिले खाने खोलिको लेउ ,कुटुमा कुटु सुपाडी दाना जस्ता आफ्ना १ दर्जन भन्दा बढी गीतहरु गांईन गाउदा आफु विमारी भएको विर्सिन । दर्शकहरुले पनि मेलिना संगै नाच्न र गाउनमा भरपुर साथ् दिए । २÷३ वटा मात्र गीत गाउछु भनेको स्टेज चढेपछि दर्शहरुको साथ् देखेर नगाइ निस्कने सकिन (मेलिनाले कार्यक्रम पछि भनिन ।
कार्यक्रमको सुरुवातमा धरानमा आयोजन भैरहेको स्टेट वन सिन्गिंग आइडलका प्रतिस्प्रधीहरु सुदेश राई , जस्मिन बराल , शोभा तामांग र हिमाल मगरले आफ्नो गायन प्रस्तुत गरेका थिए ।
त्यस्तै एक दशक अघि अहिलेसम्म अन्डरग्राउण्ड हिट गीत ‘गए मेरा गाँजा खाने दिनहरु’का गायक सौरभ भट्टराईले उक्त हिट गीतसंगै आफ्ना अन्य गीतहरु सुनाए । धराने गायक एपी शेर्पाले सम्झनाले आजभोली , सेलोमा , आगे आगे र वारी जमुना गीत प्रस्तुत गरेका थिए । सिल्भर इन्टरटेनमेन्टको आयोजनामा उक्त कार्यक्रम भएको थियो ।
क्ष्भेन्ट मेनेजर एंव निर्देशक सौरभ श्रेष्ठका अनुसार नेपालका सातवटा प्रदेशको मुख्य ७ वटा शहरहरुमा संगीतको माध्यमबाट मनोरंजन दिने अभिप्रायले नेपाल आइसको प्रयोजनमा नेपाल आइस प्रादेशिक संगीत यात्रा कार्यक्रम आयोजना गरिएको हो । यो कार्यक्रमको सुरुवात प्रदेश न. ५ को प्रमुख शहर बुटवलबाट गत चैत्र मा सुरु गरिएको थियो र प्रदेश न . १ को इटहरीको यो दोस्रो कार्यक्रम हो । अब छिट्टै बाँकी प्रदेशको मुख्य सहरहरुमा पनि कार्यक्रमको आयोजना गरिने सिल्भर इन्टरटेनमेन्टका निर्देशक श्रेष्ठले बताए ।

IMG_0641