अभिनेत्री वर्षा राउतले फिल्म ‘जात्रै जात्रा’ बाट प्रशंसा पाएकी थिइन् । अर्को फिल्म ‘दाल भात तरकारी’ बाट भने खासै चर्चा कमाउन सकिनन् ।
गतवर्ष अभिनेता सञ्जोग कोइरालासँग विवाह बन्धनमा बाँधिएकी वर्षा फाटफुट म्युजिक भिडियोमा भने देखिएकी छन् । तर, फिल्ममा उनी देखिएकी छैनन् । उनले अभिनय गर्ने कुनै फिल्म सार्वजनिक समेत भएका छैनन् ।
वर्षाको चर्चा बरु हनिमुन गएका तस्बिरका कारण भयो । तर पछिल्लो समय भने उनको खासै चर्चा हुँदैन । विहेपछि उनी गुमनाम जस्तै छिन् ।