एन्टिबायोटिक औषधीहरूको उपयोग मानिस एवम् पशुहरूमा जीवाणु सङ्क्रमणको उपचारमा प्रयोग गर्ने गरिन्छ । यी औषधीहरूले किटाणुहरू (जीवाणुहरू) द्वारा हुने सङ्क्रमणमा जादुई रूपमा कार्य गर्दछ र जीवाणुहरूलाई नष्ट गर्दछ । तर, जीवन रक्षक हुँदाहुँदै पनि यी औषधीहरू जीवाणुहरूको एक अर्काप्रति हानिकारक भएको पाटो सामुन्ने आएको छ । एन्टिबायोटिकको अत्यधिक अनियन्त्रित तथा अनुचित प्रयोग मानिस तथा पशु दुवैलाई एउटा ठूलो खतरा बन्न पुगेको छ ।

एन्टिबायोटिक औषधीहरूको दुरुपयोगको कारण धेरै जसो जीवाणु यी औषधीहरूप्रति प्रतिरोध गर्न सक्षम भएका छन् । जसका कारण यिनमा यी औषधीहरूको प्रभाव समाप्त वा कम हुने गर्दछ । यस कारण कैयौं पटक सङ्क्रमण उपचार निष्प्रभावी हुन्छ । यस्ता प्रतिरोधी क्षमता भएका जीवाणु वातावरणमा फैलिएर पशु तथा मानिसमा ज्यान लिने सङ्क्रामक रोगको कारण बनिरहेका छन् । यो समस्याले आज संसारमा एउटा गम्भीर रूप लिएको छ । सच्चाइ त यो छ कि संयुक्त राज्य अमेरिका जस्तो विकसित मुलुकमा रहेक वर्ष कम्तिमा बीस लाख मानिस एन्टिबायोटिक प्रतिरोध जीवाणुहरुरू सङ्क्रमित हुने गर्दछन् । र, २३००० जति सङ्क्रमित भएर मृत्युवरण गर्दछन् । विकासशील देशहरूमा त स्थिति यो भन्दा भयावह नहोला भन्न के सकिन्छ र ?

पशुपालनमा एन्टिबायोटिकको उपयोग
एन्टिबायोटिक औषधीहरूको उपयोग मुख्य रूपमा सङ्क्रमित बिरामी पशुहरूको उपचारका लागि गरिन्छ । यस्तो परिस्थितिमा सामान्यता यी औषधीहरूको उपयोग अन्य कारकहरू जस्तै रोगको बचाउमा रोगहरूको नियन्त्रण अथवा पशुपालनमा पशुहरूको शारीरिक विकास बढाउन लागि गरिन्छ । त्यसबेला यी औषधीहरूको मात्रा कम दिइने गरिन्छ । मानिसहरू तथा पशुहरूमा जीवाणु सङ्क्रमणको उपचार तथा रोकथामको लागि विभिन्न प्रकारका एन्टिबायोटिक औषधीहरूको उपयोग संसारभरि ठूलो मात्रामा गर्ने गरिएको छ । मानिस र पशु दुवैमा उपयोग हुने केही प्रमुख औषधीका नाम यस प्रकार छन् ः

बिटा लौकटम् एन्टिबायोटिक्स, पेनीसीलीन अमोकिसलीन, एम्पीसीलीन, सिप्लोस्पेरीन, जैन्टामायसीन, नियोमायसीन, स्टे«ष्टोमायसीन, टेट्रासाइक्लिन, सिपरोक्लोक्सासिन, किलन्डामायसीन, एरिथ्रोमायसीन, टिल्मीकोसीन, टाइलोसीन, फलेवोमायसीन, मानेन्सीन इत्यादि । यीमध्ये प्रायःजसोको उपयोग मानिस तथा पशु दुवैमा हुने गर्दछ । केही औषधीको प्रयोग केवल मानिसमा मात्र गरिन्छ, किन कि यिनको प्रयोग पशुमा अनुचित मानिन्छ र केही धेरै महँगो हुने गर्दछ ।

केही औषधीहरू केवल पशुहरूको रोगको रोगथाम तथा तिनीहरूको शारीरिक विकास बढाउनका लागि गरिन्छ । सही औषधिको छनौट त्यसको खुराकको मात्रा तथा दिने विधि यस कुरामा निर्भर गर्दछ कि, औषधी के कारण या कुन रोगको लागि दिइँदै छ । पशु चिकित्सकहरूले उपचार गर्ने बेलामा जस्तो सङ्क्रमणको कारण किटाणुका प्रकार एवं विशेषताहरू प्रयोग गरेको औषधीको जीवाणु मारक क्षमता औषधी प्रयोग गराउने विधिको सुगमता, पशुको औषधिप्रति सहनशक्ति, औषधिको दुष्प्रभाव आदि विषमा गम्भीर भएर विचार पु¥याउँछन् र पु¥याउनुपर्छ ।

यी औषधिहरू दानापानी अथवा इन्जेक्सनद्वारा चिकित्सकीय सल्लाह अनुसार दिइन्छ । तर, यी औषधीहरूको दुरुपयोगका धेरै दुष्परिणाम हुन सक्दछन् । बढ्दो जनसङ्ख्याका कारण पशुजनित खाद्य पदार्थको माग लगातार बढ्दो छ । धेरै उत्पादनका लागि पशुहरूमा रोगहरूबाट बचाउन एवं रोकथाम आवश्यक हुन्छ । यसको लागि एन्टिबायोटिक औषधिहरूको उपयोग आवश्यक हुन्छ । यसका साथ साथै कैयौं जीवनरोधी पदार्थहरूको प्रयोग पशुहरूको दानापानीमा गर्ने गरिन्छ । जसले गर्दा पशु उत्पादन, पशुपालन तथा कुखुरा पालनमा प्रयोग हुने कैयौं औषधिहरू जस्तै कोरटेट्रासाइक्लिन, अक्सीटष्ट्रा साइक्लीन, पेन्सीलीन, वैम्बरमायसीन बर्जीनामायसीन, ओलीएन्डोमायसीन इन्रोल्फ्रोक्सासीन कोलेस्टीन इत्यादि मुख्य रहेका छन् ।

जनस्वास्थ्यको लागि जोखिम जुन प्रकारले मानिसहरूमा हुने रोगहरूका जीवाणुहरू नष्ट गर्नका लागि जसरी नयाँ नयाँ औषधीहरूको आविष्कार हुन्छ त्यसैगरी जीवाणुहरूले पनि आफ्नो बचाउको उपाय खोज्दछन् । यसकारण तिनमा औषधीको प्रतिरोध गर्ने क्षमता विकास हुन्छ । तर, एन्टिबायोटिक औषधिहरूको अनुचित एवम् अन्धाधुन्ध प्रयोगले तिनको यो क्षमता तेजले बढ्दछ । र, यस्ता जीवाणु वातावरणमा फैलिन्छन् जसलाई सामान्य औषधीले नष्ट गर्न मुस्किल हुन्छ ।

पशु चिकित्साकर्मीहरू एवं पशु पालकहरूले एन्टिबायोटिकको उपयोगमा गम्भीरतापूर्वक विचार गर्नुपर्ने हुन्छ । किन कि उपचार गर्ने बेला या उपचारपछि यी औषधिहरू पशुको दूध, फुल, मासुजन्य उत्पादनमा आवश्यक रूपमा आउन सक्छन् । जुन जनस्वास्थ्यको लागि हानिकारक हुन सक्छ । एन्टिबायोटिक प्रतिरोधी क्षमता भएका जीवाणुले आफ्नो यो क्षमताको प्रसार अर्काे जीवाणुमा गर्न सक्छ । जसको गम्भीर परिणाम हुन सक्छ । यस्ता कैयौँ रोग जसको उपचार पहिले सजिलै हुन्थ्यो । तर, अहिले कठिन हुँदै गएको पाइन्छ ।

एन्टिबायोटिक प्रयोगमा सावधानीहरू
एन्टिबायोटिक औषधीहरूको प्रयोग उचित विधिअनुसार तथा चिकित्सकको सल्लाहअनुसार सोचविचार गरी गर्नुपर्छ । यी औषधीहरूको उपयोगमा लापरवाही भएमा मानिस तथा पशुहरू दुवैमा मृत्युको कारण बन्न सक्छ। एन्टिबायोटिक औषधिहरूको अनुचित प्रयोग जस्तो कि अधिक वा कम मात्रा अनियन्त्रित उपयोग, नक्कली वा कमसल गुणस्तरको औषधीको उपयोगले अत्यधिक नोक्सानी पु¥याउँछ । त्यसैले एन्टिबायोटिक नै सबै खाले रोगको सार्वकालिक समाधान होइन ।