धरान सुनसरी / ब्यवसायी योजना तपाईहरुको आर्थिक सहकार्य हाम्राे सहकारीता आजको आवश्यकता ,सहकारी नियम पालाना गर्ने हामो प्रतिवद्धता भन्ने नाराको साथ न्यु जनकल्याणकारी बचत तथा ऋण सहकारी सस्था लिमिटडको १४ औ वाषिर्क साधारण सभा धरानमा सम्पन्न भएको छ ।

साधारण सभाका प्रमुख अतिथी योगराज धमलाले जनकल्याणकारी बचत तथा ऋण सहकारी सस्थालाई प्रगतिको शुभकामना दिदै सहकारी कायशैलीमा विशेष ध्यान दिनु साथै कर्मचारीहरु लाई समेत सहकारीको बिषयमा विभिन्न तालिम दिन अवश्यक रहेको बताए ।

६ सय ७१ जना शेर सदस्य रहेको यस सहकारीमा सँस्थामा सञ्चालक समितिदेखि शेर सदस्यामा समेत महिलाको बढी सहचागीता रहेको न्यु कल्याणकारीको अध्यक्ष मन कुमारी याक्खा बताउछन् ।

यस सहकारी सस्थामा महिलाहरुको सहभागीता बढी भएको कारणले उनीहरु ऋण को कारोबारणमा इमान्दारीता भएकोले पनि काम गर्नै सहज बाताबरण रहेको न्यु जनकल्याण सहकारी सस्थाका ऋण लगानी तथा असुली विभागका सयोजक स्वार्णिमहाङ्ग लिम्बुले बताए।

सहकारी सस्थाबाट ऋण लिने प्रर्कया सहज बावारण भएको र महिलाहरुको बढी सख्या बढी भएको कारण अहिले सम्म सस्थागत कारोबारहरु रामो्रसग सञ्चालन भएको न्यु कल्याणकारी सहकारी सस्थाका शेर सदस्य मन कुमारी लिम्बुले बताउछन् ।

न्यु जनकल्याणकारी सहकारी सँस्थाको वार्षिक साधारणसभाको अवसरमा डा. कमल तिगेल लिम्बुलाई सम्मान समेत गरेको थियो ।कल्याणकारी सहकारीसस्थाको यस वर्ष लगभग १० लाखको मुनाफा कमाउन सफल भएको छ । यस वर्षको लक्ष ७ लाखको लक्ष रहेको थियो तर ९ लाख ९३ अजार ७८ रुपैया मुनाफा भएको छ ।

अहिले सहकारी नाफामुखी रहेको लेखा समितिका सयोजक कर्ण बिक्रम लिम्बुले बताए ।

महिलाहरुको बढी सहभागीता रहेको यस न्यु कल्याणकारी सहकारी सँस्था धरानमा रामो्र सँग अघि बढी रहेको छ ।