धरान / नेपाल नर्सिङ संघको नयाँ नेतृत्वका लागि आज देशभर मतदान हुँदैछ। संघको नयाँ नेतृत्वको लागि देशभरका २१ स्थानमा मतदान केन्द्र तोकिएको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान मतदान केन्द्रका निर्वाचन अधिकृत प्राध्यापक उपेन्द्र यादवले जानकारी दिए ।

निर्वाचनमा संयुक्त पेशागत प्यानलबाट प्राध्यापक मुना राना थापा र प्रगतिशील प्यानलबाट प्राध्यापक मनकुमारी राईबीच अध्यक्ष पदका लागि प्रतिस्पर्धा हुँदैछ। हरेक तीन वर्षमा हुनुपर्ने यो निर्वाचन पाँच वर्षपछि हुन लागेको हो।
वीपी प्रतिष्ठानमा ६२१ जना नर्स रहेका छन् । यहाँ मतदाताहरु ३१६ रहेका छन् । नेपाल नसिंङ संघको सदस्यता लिएकाले मात्र मत खसाल्न पाउछन् ।
सुनसरीको धरान, मोरङको विराटनगर धनकुटाको धुनकुटा सदरमुकाममा मतदान केन्द्र तोकिएको छ ।
खसेको मत ५ बजे पछि यही गणना हुन्छ । ३१६ मतदातामा दिउसो पौने ३ बजेसम्ममा २०५ मत खसेको मतदान अधिकृत प्राध्यापक समी लामाले जानकारी दिए ।