भण्टावारी । सुनसरीको कोशी गाउँपालीका वार्ड ८ स्थित भण्टावारीमा आगलागीबाट २ लाख बढीको क्षति भएको छ । कोशी गाउँपालकिा वार्ड ८ स्थित भण्टावारीमा हिजो बिहान घुरबाट आगलागी हुँदा २ लाख ४० हजार बराबरको क्षति भएको सीमा प्रहरी चौकी भण्टावारीले जनाएको छ ।
आगलागीबाट स्थानीय गुलाब मिया, सलिम मिया र कमरुदिन मियाको घर र गोठ जल्नुको साथै २ वटा बाख्रा समेत मरेको प्रहरीले जनाएको छ ।आगलागी करिब २ घण्टापछि नेपाल प्रहरी,सशस्त्र प्रहरी र स्थानीयवासीले नियन्त्रणमा लिएको थियो ।