इटहरी । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी नेकपाको दुई तिहाई सरकारले एक नम्बर प्रदेशको नाम अहिलेसम्म तोक्न सकेका छैनन् । प्रदेश सभा बैठक बसेको करिब डेढ वर्ष पुग्दा पनि नामकरण हुन सकेको छैन ।
प्रदेश एकले स्थायी राजधानी तोके पनि नाम तोक्न नसकेको हो । प्रदेश १ ले राजधानी तोकेको ८ महिना भैसकेको छ । वैशाखमा प्रदेश १ को अस्थायी मुकाम विराटनगरलाई नै स्थायी राजधानी तोकिएको थियो । तर अहिलेसम्म नामको विषयमा सामान्य छलफल बाहेक केहि भएको छैन ।
प्रदेश १ मुख्यमन्त्री शेरधन राईका प्रेस सल्लाहकार ध्रुब सुवेदीले अब अधिबेशनमा नामको टुङ्गो लाग्ने बताए । उनले भने –‘अहिले सामान्य छलफल भने सुरु भएको छ ।’
सांस्कृतितबिद डाक्टर सोम खतिवडाले प्रदेशको नामकरण गर्ने ढिलाई भईरहेको बताए । प्रदेश सरकारले नामको विषयमा वखेडा नराखी कोशी प्रदेश नामकरण गर्नु पर्ने उनको सुझाव छ । प्रदेशको नाम जातीयआधारमा सबै जनताले स्वीकार नगर्ने हुदा कोशी प्रदेशमा सहमती गरेर तत्काल नामकरण गर्नुको विकल्प नरहेको उनले बताए ।
प्रदेश नम्बर १ का नेपाली कांग्रेसका संसदीयदलका नेता राजिव कोईरालाले आफुहरुले अहिलेसम्म नामकरणको विषयमा छलफलसमेत नगरेको बताए । ‘हामीले लामो समयदेखि नामकरण चाडो गर्नु भनेर सरकारलाई भनेका हौ तर अहिलेसम्म सदनमा छलफलको विषय सरकारले बनाउन सकेको छैन् ।’– कोइरालाले भने –‘आगमी अधिबेशनमा हामी कडा रुपमा प्रस्तुत हुन्छौ । प्रदेश संसदीयदलको बैठक बसेर दवावमुलकअ भियान थाल्ने तयारी भईरहेको छ ।’
नेकपाका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले प्रदेशको नाम यो अधिबेशनमा ठाउँ पाउने बताए । सबै दललाई समेटेर अगाडी बढ्ने लक्ष्य रहेको कारण नामकरणको विषय ढिलो भएको उनको भनाई छ ।
प्रदेश एकमा सत्तापक्ष नेकपाकै दुई तिहाई पुग्छ । नाम तोक्न आवश्यक दुई तिहाईका लागि ६२ सांसद चाहिन्छ । प्रदेश एकको प्रदेशसभामा ९३ सांसद मध्ये नेकपाका ६७ सांसद छन् । नेपाली कांग्रेससहित अरू दलका २६ सांसद छन् ।