ब्लाष्टखबर । धराने गायक प्रमोद पोर्तेलको फर्कि आउँछु बाेलकाे गीत वल्ड नेपाली म्युजिक अवार्ड २०१९ मा उत्कृष्ट नेपाली पप गीत बन्न सफल भएकाे छ ।
अमेरीकाकाे न्युयोर्क सिटिमा भएको अवार्डमा गायक पोर्तेलको ‘फर्कि आउँछु’ बोलको गीत नेपाली पप विधामा उत्कृष्ट उवार्ड पाएकाे हाे ।
संसार भरका ३३ राष्ट्रका ७८२ वटा गीतमध्येबाट छनाेट भएर नेपाली गीत संगीतकाे क्षेत्रमा पहिलाे पटक यती ठूलाे अवार्ड पाएकाे गायक पाेर्तेलले बताएका छन्र ।
उनको दुईवटा एल्बम ‘पहिचान’ र ‘माया हो’ बजारमा आइसकेको छ । फर्कि आउँछु बाेलकाे गीत उनकाे दाेस्राे एल्वमकाे गीत हाे । उक्त गीतमा राेजगारीकालागी विदेशीदा युवाहरूले भग्ने गरेका दुःख ,कष्टका साथै घर परिवारबाट टाढा हुदाँको पीडालाई प्रस्तुत गरिएको छ । गीतकाे भिडियाेमा गीतकाे शब्द तथा संगीत स्वयमले दिएका गायक पाेर्तेल र नायिका केकी अधिकारी मुख्य भुमीकामा रहेका छन्र ।

विजयपुर एफएम धरानका आरजे समेत रहेका गायक पाेर्तेलकाे दाेस्राे एल्वमका अन्य २ गीतकाे पनि भिडियाे निर्माणकाे तैयारीमा रहेकाे छ ।