धरान / सुनसरी उद्योग बाणिज्य संघ धराने आयोजना गरेको औद्योगिक तथा जुत्ता–चप्पल मेलामा जुत्ता र चप्पलको विशेष आकर्षण देखिएको छ । औद्योगिक मेलासँगै पब्लिक हाइस्कुलको मैदानको पूर्वपट्टि छुट्टै जुत्ता–चप्पल मेला छ । जुत्ता–चप्पल किन्ने ग्राहकको भीड बढेको मेला आयोजकले जनाएको छ ।
६ महिनादेखि एक वर्षको ग्यारेन्टी जुत्ता–चप्पल बिक्री भइरहेको फुट वेयर मेनिफ्याक्चरल एशोसिएसन नेपालका कृष्ण फुयाँलले बताए ।
‘गोल्डस्टार, कोसेली, क्रस रोड, ल्याण्ड वाक, शिखर, हाइलाइफ, विएफडी आर हिललगायतका कम्पनीका जुत्ता–चप्पल राखिएको फुयालले जानकारी दिए । एक सातासम्म चल्ने मेलाबाट स्थानीयवासीले फाइदा लिइरहेको सुनसरी उद्योग बाणिज्य संघका अध्यक्ष गिरीधारी सापकोटाले जानकारी दिए ।