धरान / धरान ५ खैरेनी निवासी दिपेस नेपाली र सपना बस्यालका ८ महिनाका छोरी सदिक्षा बस्याल दुवै आँँखाको ज्याती गुमे पछि उनकाृ उपचारका लागि ५६ हजार आर्थिक सहयोग जुटेको छ ।
धरानबासीहरुले गरेको आर्थिक सहयोग धरान उपमहानगरपालिकाकी उपमेयर मञ्जु भण्डारीले हस्तान्तरण गरिन । बालिकाको उपचारको लागि नेपालमा सम्भव नभए पछि भारतको चेन्न्नाई स्थित आँखा अस्पतालमा लैजाने तयारी गरिएको छ ।
अपांग पुनःस्थापन केन्द्रको विशेष पहलमा बालिकाको उपचारका लागि आर्थिक सहयोग संकलन गरेको केन्द्रका कार्यकारी निदेशक सुनिल खडाकाले बताए । १६ नं. का वडा अध्यक्ष दिलकुमार गिरीले समेत सहयोग गरेका छन् ।
उनको उपचारको लागि समस्या भएको विषयमा ब्लाष्ट खवरमा समाचार प्रकासित भए पछि आथिैक संगठन गर्न शुरुगरिएको थियो ।