श्री शालिवाहनीय शाके १९४१, ने. सं. ११४०, वि. सं. २०७६ साल फागुन २९ गते बिहीबार, १२ मार्च २०२० । चैत्र कृष्णपक्षको तृतीया तिथि १६ः४६ बजेसम्म, उप्रान्त चतुर्थी, नक्षत्र चित्रा २१ः५ बजेसम्म, उप्रान्त स्वाती, चन्द्रमाराशि कन्या, सूर्योदय ६ः१९ र सूर्यास्त ६ः१० बजे हुनेछ ।

मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)
सेवामूलक कार्यक्रममा संलग्न भइएला । समाजका गन्यमान्य व्यक्तिहरूसित रमाइलो भेटघाट हुनेछ । मिष्ठान्न भोजन प्राप्त होला ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
अध्ययन अध्यापनमा भन्दा मनोरञ्जनात्मक कार्यक्रममा संलग्न भइएला । रमणीय स्थानको भ्रमण गर्ने अवसर मिल्ला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
नयाँ कार्य व्यवसायको शुभारम्भ हुनेछ । अवरोध रहेका कामकाजहरू सुचारु हुनेछन् । साथीभाइको सहयोग प्राप्त भइरहला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
समय उत्तमखालको छ । वस्त्र तथा तत्जन्य कार्य–व्यवसायमा सफलता मिल्ला । वैदेशिक क्षेत्रमा तपाइको विशेष स्थान रहला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
ठेक्का पट्टा तथा तत्जन्य कार्य व्यवसायमा मन जानेछ । वाहन खरिद गर्ने अवसर मिल्ला । शुभ समाचारले मन प्रसन्न रहला ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
समय राम्रो छ । धार्मिक तथा सामाजिक कार्यक्रममा संलग्न भइएला । राजनैतिक निकायमा तपाईंको उच्च स्थान रहला ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
समय उत्तमखालको छ । शैक्षिक क्षेत्रको माध्यमबाट विभिन्न स्थानको भ्रमण गर्ने अवसर मिल्ला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
शरीर अस्वस्थ रहला । आर्थिक सङ्कटको सामना गर्नुपर्ला । बन्न लागेको काममा विघ्न बाधा आइपर्न सक्छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
धन आर्जनका नयाँ स्रोतहरू फेला पर्नेछन् । महिला मित्रको विशेष सहयोग मिल्ला । रमाइलो वातावरणमा दिन बित्ला ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
मुद्दा–मामिलामा तपाईंको विजय होला । नयाँ कार्य व्यवसायको शुभारम्भ हुनेछ । विभिन्न स्थानको भ्रमण गर्ने अवसर मिल्ला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
जग्गा जमिन सम्बन्धी काममा सफलता मिल्ला । साथीभाइको सहयोग प्राप्त भइरहला । मिष्ठान्न भोजन प्राप्त हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
समय उत्तमखालको छ । राजनैतिक निकायमा तपाईंको उच्च स्थान रहला । आम्दानीका नयाँ स्रोतहरू फेला पर्नेछन् ।