श्री शालिवाहनीय शाके १९४१, ने. सं. ११४०, वि.सं. २०७६ साल चैत्र ०३ गते सोमबार, १६ मार्च २०२० । चैत्र कृष्णपक्षको सप्तमी तिथि ०९ः१८ बजेसम्म, उप्रान्त अष्टमी, नक्षत्र ज्येष्ठा १६ः४४ बजेसम्म, उप्रान्त मुल, चन्द्रमाराशि वृश्चिक, सूर्योदय ६ः१४ र सूर्यास्त ६ः१२ बजे हुनेछ ।

मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)
समय सामान्यखालको छ ।अधिकार प्राप्तिका लापग निकै सङ्घर्ष गर्नुपर्ला । बन्न लागेको काममा विध्न आउला ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
पठन पाठन तथा लेखन कार्यमा मन जानेछ । रमणीय स्थानको भ्रमण गर्ने अवसर मिल्ला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
धर्म कर्म तथा समाज सेवामा मन जानेछ । राजनैतिक निकायमा तपाईको उच्च स्थान रहला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
वस्त्र तथा आभूषण प्राप्त हुनेछ । पारिवारिक जीवनमा खुशीयाली छाउला । माया प्रेमको सम्बन्ध विस्तार हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
समय उत्तमखालको छ । अध्ययन अध्यापनको क्षेत्रमा सफलता मिल्ला । मिष्ठान्न भोजन प्राप्त हुनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
शिर तथा आ“खा सम्बन्धी समस्याले निकै सताउला । आर्थिक सङ्कटको सामना गर्नुपर्ला । अनावश्यक काममा फसिएला ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
कृषि तथा पशु चौपाया आदिको व्यापार व्यवसायमा मन जानेछ । साथीभाइ तथा आफन्तको सहयोग मिल्ला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
ठेक्का पट्टा तथा तत्जन्य कार्य व्यवसायमा मन जानेछ । वाहन खरिद गर्ने अवसर मिल्ला । मन प्रसन्न हुनेछ ।

नु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
समय उत्तमखालको छ । जागीरमा बढुवा तथा स्थानान्तरण हुनेछ । राजनैतिक निकायमा तपाईको उच्च स्थान रहला ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
नया“ वस्त्र तथा अलङ्कार प्राप्त हुनेछ । काम गर्ने जोश जागर र हिम्मत बढ्ला । रमणीय र सुखद यात्राको योग छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
समय सामान्यखालको छ । बन्न लागेको काममा केही समस्या आइपर्न सक्छ । विश्वासपात्रबाट धोका होला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
शुभ समाचार सुन्न पाइएला । आफ्नो कार्य क्षेत्रमा प्रभुत्व जमाउन सकिएला । अतिथिको सेवा गर्ने अवसर मिल्ला ।