श्री शालिवाहनीय शाके १९४१, ने. सं. ११४०, वि.सं. २०७६ साल चैत्र ०५ गते बुधबार, १८ मार्च २०२० । चैत्र कृष्णपक्षको नवमी तिथि ०७ः४३ बजेसम्म, उप्रान्त दशमी, नक्षत्र पूर्वषाढा १६ः४७ बजेसम्म, उप्रान्त उतरषाढा, चन्द्रमाराशि धनु, सूर्योदय ६ः१२ र सूर्यास्त ६ः१३ बजे हुनेछ ।
मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)
सुन चाँदी तथा तत्जन्य कार्य व्यवसायमा मन जानेछ । मातृपक्षको विशेष सहयोग मिल्ला ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
धन आर्जनको नया“ स्रोत पत्ता लाग्नेछ । नपत्याएका व्यक्तिहरुबाट उचित सहयोग मिल्ला ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
जग्गा जमिन तथा वाहन खरिद हुनेछ । पारिवारिक जीवनमा खुशीयाली छाउला । मायाप्रेमको सम्बन्ध विस्तार होला ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
समय उत्तमखालको छ । कृषि तथा पशुचौपाया आदिको व्यापार व्यवसायमा मन जाला । मायाप्रेमको सम्बन्ध विस्तार होला ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
समय सामान्यखालको छ । बन्न लागेको काममा विध्न बाधा आइपर्न सक्छ । विश्वासपात्रबाट धोका होला ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
एक पछि अर्को अवसर आउनाले मन प्रसन्न बन्नेछ । लाभदायी यात्राको अवसर मिल्ला । शुभसमाचार सुन्न पाइएला ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
समय सामान्यखालको छ । बन्न लागेको काममा विध्नबाधा आइपर्न सक्छ । दिनको उत्तरार्धतिर शुभ समाचर सुन्न पाइएला ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
समय उत्तमखालको छ । नयाँ कार्य व्यवसायको शुभारम्भ हुनेछ । साथीभाइ तथा आफन्तको सहयोग प्राप्त होला ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
वस्त्र तथा आभूषण प्राप्त हुनेछ । घरपरिपवारमा शुभकार्यको चर्चा चल्नेछ । अतिथि सेवा सत्कार गर्ने अवसर मिल्ला ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
जग्गा जमिन तथा वाहन खरिद हुनेछ । पारिवारिक जीवनमा खुशीयाली छाउला । मायाप्रेमको सम्बन्ध विस्तार होला ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
कृषि तथा पशु–चौपाया आदिको व्यापार व्यवसायमा मन जानेछ । महिला मित्रको विशेष सहयोग मिल्ला ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
समय राम्रो छ । खेलकुद तथा मनोरञ्जनात्मक कार्यक्रममा संलग्न भइएला । वैदेशिक यात्राको अवसर मिल्ला ।