धरान/ विश्वभर देखिएको कोरोना भाइरसको सङ्क्रमणलाई मध्यजनर गर्दै वराह ग्रुपले आफ्ना ग्राहकहरूलाई होम डेलिभरी सेवा विस्तार गरेको छ ।

वराह डिपार्टमेन्ट स्टोरले दैनिक उपभोग्य वस्तुहरूमा होम डेलिभरि सेवा दिइरहेको हो । अतिआवश्यकीय खाद्यान्न र अन्य सरसामानमा पनि सुविधा प्रदान गरेको छ । ग्रुपले आफ्ना ग्राहकलाई सहज तुल्याउनका लागि सेवा सञ्चालन गरेको धरान शाखाका प्रमुख मानबहादुर दियालीले बताए । त्यस्तै सहकारीले पनि सोहीअनुसारको सेवा प्रदान गरिरहेको छ ।

आवश्यकता अनुसार पैसा जम्मा गर्न र निकाल्नका लागि घरघरमै व्यवस्था गरिएको वराह बचत तथा ऋण सहकारी संस्थाका अध्यक्षसमेत रहेका प्रमुख दियालीले बताए । नुनदेखि सुनसम्म कारोबार गर्दै आएको वराहले सुनको कारोबार भने ढेड साताका लागि बन्द गरेको छ ।

कोरोनाको प्रभावलाई ध्यान दिँदै आफ्ना सेवाग्राही र शेयरधनीलाई सहजता प्रदान गर्न होमडेलिभरीको सेवा प्रदान गरिरहेको बराह गू्रपका अध्यक्ष शिव लामिछानेले बताए । वराहले चाँडै नै आफ्ना सेवाग्राहीका लागि मोबाइल एप पनि बनाउने तयारीमा रहेको वराह ग्रुपका प्रमूख प्रशासकीय अधिकृत गङ्गा कालिकोटेले बताए ।

तत्काल वराह ग्रुपको सेवा सुविधा लिन ९८०२७१६७६६ लगायत ११ वटा हटलाईन नम्बरहरू उपलब्ध गराएको छ । त्यस्तै नेपालभर रहेका विभिन्न ठाँउको शाखा तथा सेवा केन्द्रहरू काठमाण्डौ, पोखरा, चितवन, भेडेटारलगायतका १० वटा हटलाईन नम्बरहरू उपलब्ध गराएको छ ।

हटलाईन सेवा तथा नम्बरहरु :

बराह ज्वेलरी शोरुम : ०२५–५२६७७७, ९८५२०४७७७०,
बराह डिपार्टमेण्ट स्टोर : ९८०२७५७८५८
भोजपुरे फेन्सी स्टोर : ९८०२७३८४९०
बराह बालसञ्चार र किड्स सेलुन : ९८१६३०७६५५
बराह फेमिलि किचन : ०२५–५२५३३७, ९८११०१७८२३
बराह ट्राभल एण्ड टुर्स : ९८४२०२५०५५
बराह बचत तथा ऋण सहकारी संस्था : ०२५–५३१२२२, ५२२४१२,९८०२७७६७५८, ९८४२०६६५९६

बराहका सम्पर्क कार्यालयहरु :

चितवन : ०५६–५३३०६८, ९८५१०८८०३४
काठमाडौं : ०१४२३२९६४, ०१–४२६६७९९
काठमाडौं पाटन : ०१–५५२२४७२, ९८५११४९३४०
पोखरा : ०६१–५२२६५१, ९८५६०३०७०५
भेडेटार : ०२५–४०००९०, ९८५१०६३२९६
धरान : ९८०२७१६७६६, ९८०२७१६६७३